Skip to main content

नेपाल एड्रेसः म्यापमा अब हरेक नेपालीको आफ्नै ठेगाना

 काठमाडौं । सुवास देवकोटाले अमेरिकामा रहेको डिटुहकाई नामक प्रविधि कम्पनीमा ८ वर्ष बिताए । अमेरिकाको स्थान व्यवस्थापन प्रणाली अर्थात एड्रेस सिस्टमबाट प्रभावित उनी पछि नेपाल फर्किए ।

स्वदेश फिर्ता भएपछि सुवासले एफवान सफ्टमा प्रमुख उत्पादन अधिकृतको रूपमा काम थाले । अमेरिकाको जस्तो व्यवस्थित एड्रेस सिस्टम उनले आफ्नै देशमा अभाव महसुस गर्न थाले ।


“नेपाल फर्केपछि देशमै केही गर्नुपर्छ भन्ने सोचेको थिएँ,” उनी भन्छन्, “अमेरिकाको एड्रेस सिस्टमबाट निकै प्रभावित भएकाले त्यस्तो सिस्टम नेपालमा पनि सुरु गरौँ भन्ने थियो ।”

अमेरिकामा हरेक ठाउँलाई छुट्टै नम्बरिङ सिस्टम उपलब्ध गराइने भएकाले त्यहाँ जुनसुकै ठाउँमा सजिलै पुग्न सकिन्छ । कुनै घर वा ठाउँको ‘स्यान्डर्ड एड्रेस’ (स्ट्रिट नम्बर) सरकारले पहिले नै तोकिदिएको हुन्छ ।

जुन वैज्ञानिक प्रणालीमा आधारित रहेको उनको बुझाई छ । त्यस्तै प्रणाली उनलाई नेपालमा पनि लागू गर्नु थियो । 

सुवास आफ्नो आकांक्षा पच्छ्याउँदै विगत एक वर्षदेखि ‘नेपाल एड्रेस’ (एप/वेबसाइट) विकास गर्न लागिपरेका छन् । हालै मात्र सम्पन्न भएको ‘नेपाल एड्रेस’ परियोजना एउटा त्यस्तो प्लेटफर्म हो, जहाँ सजिलै आफ्नो ठाउँको लोकेसन तय गर्न सकिन्छ ।

उदाहरणका लागि तपाईँले कुनै साथीलाई आफ्नो घरमा बोलाउनु पर्‍यो । तर, अहिले स्मार्टफोन, इन्टरनेटको जमानामा परम्परागत तरिकाले ठाउँ चिनाउन निकै झन्झटिलो लाग्छ ।

त्यसका लागि प्रयोग गरिने गुगल म्याप्समा आफ्नो ठाउँको लोकेसन पठाउने प्रक्रिया त्यति सजिलो हुन्न । यो झन्झटिलो प्रक्रियाबाट मुक्ति दिलाउन आफूले नेपाल एड्रेसको निर्माण गरेको देवकोटा बताउँछन् ।

यसमा विशेषगरी जोकोहीले आफ्नो ठेगानाको नाम राखेर त्यसको लिङ्क चाहेको व्यक्तिलाई पठाउन सक्छ । उदाहरणका लागि मानौँ तपाईँले आफ्नो घरको निश्चित लोकेसन म्यापमा राख्नुपर्नेछ । तर गुगल म्यापमा जस्तो सबैलाई देखाउनु पनि छैन ।

तपाईँले चाहेका व्यक्तिले कुनै निश्चित नाम वा कोडकै भरमा तपाईँको निश्चित लोकेसन थाहा पाओस् भन्ने पनि छ । अब यस्तोमा के गर्ने ? हो, यही समस्या समाधान गर्ने उपायको रूपमा नेपाल एड्रेस आएको हो ।

नेपाल एड्रेस डटकममा ‘स्ल्याश’ (/) पछि तपाईँले उपलब्ध युजर नेम मध्येबाट आफ्नो लोकेसनको नामाकरण गर्न सक्नुहुन्छ । जसलाई तपाईँ नेपाल एड्रेस डटकम स्ल्याश निश्चित कोडको रूपमा कसैलाई भन्न, त्यसको लिङ्क नै शेयर गर्न वा नेपाल एड्रेस डटकममा गएर आफ्नो लोकेसनको कोड वा नाम खोजेर हेर्न लगाउन सक्नुहुन्छ ।

जसको आधारमा तपाईँले चाहेको व्यक्ति कसैलाई नसोधी सजिलै तपाईँको घरसम्म आइपुग्न सक्छ । कतिपय अवस्थामा कसैले आफ्नो घर चिनाउन चाह्यो भने यो विकल्प निकै उपयोगी हुने देवकोटाको बुझाई छ ।

नेपाल एड्रेसको एप वा वेबसाइटमा  आफ्नो लोकेसन राख्नुपर्‍यो भने ईमेल राखेर लगइन गर्नुपर्ने हुन्छ । वेबसाइटको होमपेजमा ‘रजिस्टर एड्रेस’ खण्ड छ ।

त्यसमा ट्याप गरिसकेपछि तपाईँले फेसबुक, गुगल वा आफ्नो ईमेल राखेर अकाउन्ट बनाएर लगइन गर्नुपर्ने हुन्छ । त्यसपछि त्यहाँ एड प्राइमेरी एड्रेसको सेक्सन दिइएको छ । अलि तल रहेको म्यापमा आफ्नो लोकेसन सेट गरी युजरनेम राख्न सकिन्छ । 

अहिलेसम्म नेपाल एड्रेस डटकममा नेपालका पाँच हजारभन्दा बढी स्थान दर्ता भइसकेकाले प्रायः ठाउँको ठेगाना हेर्दा जिल्ला, स्थानीय निकाय देख्न सकिने देवकोटा बताउँछन् ।

उनी भन्छन्, “यो विशेषगरी नेपालकै लागि बनाइएको प्लेटफर्म हो । यसमा नेपालभरका ७८ जिल्ला, ७५३ स्थानीय तह र ५००० भन्दा बढी गाउँ / ठाउँ छन् । यसमा इन्टरनेट बिना एड्रेस भेटाउन मिल्ने गुगल प्लस कोड समेत समाहित गरिएको छ ।”

नेपाल एड्रेसमा अफलाइन प्रयोगका लागि एड्रेस सेभ गर्ने सुविधा पनि राखिएको उनले बताए । कुनै पनि ई-कमर्स वा बैंकले व्यवसायिक रूपमा नेपाल एड्रेसको यो सेवा प्रयोग गर्नसक्ने उनको भनाई छ ।

“उपभोक्ता र व्यवसायले नेपाल एड्रेस डटकमबाट यी सबै सुविधा निःशुल्क प्रयोग गर्न सक्छन्,” उनी भन्छन्, “व्यवसायीहरूले न्यूनतम शुल्कमा नेपाल एड्रेसलाई एपीआई मार्फत आफ्नो एप वा सिस्टममा इन्ट्रिगेट गरेर आफ्नो सेवालाई प्रभावकारी बनाउन सक्छन् ।”

बैंकलाई कुनै पनि ग्राहकको केवाईसी भर्न लगाउँदा नेपाल एड्रेस डटकमको सुविधा उपयुक्त हुने देवकोटाको दाबी छ । “एड्रेस सिस्टम हरेक नागरिकको आधारभूत अधिकार पनि हो,” उनी अगाडि भन्छन्, “आगामी आर्थिक वर्षसम्म नेपाल एड्रेसमा एक लाखभन्दा बढी एड्रेस दर्ता गर्ने हाम्रो उद्देश्य छ ।” ‍ भविष्यमा यसैलाई परिमार्जित गर्दै म्यापिङको क्षेत्रमा नयाँ आयाम ल्याउने सपना देवकोटाले सँगालेका छन् । 

;;  साभार (टेक्पाना }

Comments

Popular posts from this blog

नयाँ बर्ष २०७६ को शुभकामना

नयां बर्ष २०७६ को सुखद उपलक्ष्यमा हाम्रा समस्त सुभेच्छुक मित्रहरु, सहकर्मी मित्रहरु, देश विदेशबाट हामीलाई माया गरी सद्भाव प्रकट गर्नुहुने सबै आदरणीय दाजुभाई दिदी बहिनीहरुमा सुख, शान्ति तथा समृद्धिको हार्दिक मंगलमय शुभ कामना प्रकट गर्दछौं।                                                                                                                                              -प्रबिण रिजाल 

सरकारले मंसिर ४ गते एकै चरणमा प्रतिनिधि सभा र प्रदेश सभाको चुनाव गर्ने

  सरकारले मंसिर ४ गते एकै चरणमा प्रतिनिधि सभा र प्रदेश सभाको चुनाव गर्ने निर्णय गरेको छ। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको एक मन्त्रीले जानकारी दिए।  बुधबार बसेको सत्ता गठबन्धनका शीर्ष नेताहरूको बैठकले आज चुनावको मिति घोषणा गर्न सरकारलाई सुझाव दिएको थियो। निर्वाचन आयोगले पनि यसअघि मंसिर पहिलो साता चुनाव गर्न सकिने सुझाव दिएको थियो। यसअघि २०७४ सालमा संघीय र प्रदेश सभाको चुनाव दुई चरणमा भएको थियो। यसपालि भने स्थानीय चुनाव वैशाख ३० गते एकै चरणमा भएको थियो। २०७४ को स्थानीय चुनाव भने तीन चरणमा भएको थियो।  प्रतिनिधि सभाका लागि १६५ निर्वाचन क्षेत्र र  सात प्रदेशका ३३० प्रदेश सभा निर्वाचन क्षेत्रमा प्रत्यक्ष चुनाव हुनेछ। 

इन्टरनेटको विकासको संक्षिप्त जानकारी

                                                                         लोेकप्रसाद भुसाल ,   हाल बुटवल        इन्टरनेट आजको समयमा हाम्रो जीवनको अभिन्न अंग बनेको छ ।सारा विश्व इन्टरनेटको माध्यमबाट एकआपसमा जोडिएको छ । इन्टरनेट प्रयोग नहुने कुनै क्षेत्र नै छैन ।  इन्टरनेटले आज कामहरुलाई स्मार्ट र द्रुत गतिमा सम्पन्न हुने खालको बनाएको छ । सूचनाहरुलाई द्रुत गतिमा केन्द्रिकरण तथा विकेन्द्रिकरण गर्न सक्ने यसको प्रमुख विशेषता हो । ठुलठूला व्यापार तथा कार्य सञ्चालन इन्टरनेट अवरोध  internet Outage  भएको बेला ठप्प भइदिन्छन । मानिसको प्रत्यक्ष जीवनमा समेत यसको ठूलो प्रभाव छ । आज हामी जता हेर्छौं उतै इन्टरनेटको प्रयोग भइरहेको देख्न सक्छौं । इन्टरनेट यस्तो चीज भइसक्यो कि जसको अभावमा छटपटी हुन्छ । हाम्रो देशमा यसको प्रयोग व्यापारिक भन्दा पन...

ईन्टर्नेट जडान

नमस्ते म प्रबिन रिजाल तपाई हरु को सेवामा धादिङ र नुवाकोट का बिभिन्न स्थान मा ईन्टर्नेट जडान मा सहजिकारण गर्दै छु एहा हरु को स्थान मा आबस्यक परेमा सम्पार्क गर्नुहोला ९८६१७७७३७७

एकछिन हासौ

 

ट्रकको ठक्करपछि मोटरसाइकलमा आगलागी हुँदा चालकको मृत्यु

  १६ साउन,। पोखरा           हेमजा सडकखण्डमा आइतबार राति ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ ।      पोखराबाट हेमजातर्फ जाँदै गरेको ग१७ प १९७० नम्बरको मोटरसाइकललाई ग१क ५१५२ नम्बरको ट्रकले ठक्कर दिएको थियो । ठक्कर दिनेबित्तिकै मोटरसाइकलमा आगलागी भएको प्रहरीले जनाएको छ ।      ट्रकले ठक्कर दिने बित्तिकै मोटरसाइकलमा आगलागी भएको र प्रहरी टोली खटिएर उपचारका लागि मणिपाल शिक्षण अस्प्ताल पुर्‍याइएको थियो तर डाक्टरले मृत घोषणा गरिदिए,’ कास्की प्रहरी निमित्त प्रमुख सुन्दर तिवारीले भने । मृत्यु हुने मोटरसाइकल चालक माछापुच्छ्रे  गाउँपालिका लाहाचोकका २७ वर्षीय नवराज नेपाली हुन् । ठक्करबाट भन्दा पनि ठक्करपछि मोटरसाइकलमा भएको आगलागीका कारण उनको मृत्यु भएको अस्पतालले जनाएको उनले बताए ।      ट्रक चालकलाई प्रहरी नियन्त्रणमा लिएको छ।  

संसद्को कार्यकाल कति ? के भन्छ- निर्वाचन आयोग

  काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेशसभाका सदस्यहरूको कार्यकाल आगामी मंसिर २१ गतेसम्म कायम रहने जनाएको छ । निर्वाचन आयोगले बुधबार पत्रकार सम्मेलन गर्दै संसदको कार्यकाल मंसिर २१ गतेसम्म रहने जनाएको हो । आयोगका प्रमुख आयुक्त दिनेश थपलियाले यस विषयमा सरकारलाई सिफारिस गरिसकेको बताएका छन् । थपलियाले सरकारलाई आयोगले दिएको ५ पृष्ठको सिफारिसमा पदावधिको विषयमा स्पष्ट रुपमा उल्लेख गरेको बताए । ‘संविधान र कानुनअनुसार निर्वाचित मितिबाट पदावधि प्रारम्भ हुने व्यवस्थालाई टेकेर २१ गते पदावधि समाप्त हुने भनि लिखित रुपमा हामीले गरेको सिफारिसलाई सरकारले स्वीकार गरेको ठानेका छौं,’ उनले भने । प्रमुख आयुक्त थपलियाले उम्मेदवारी दिएपछि प्रतिनिधिसभा र प्रदेशसभा सदस्यहरुको पद स्वतः सकिनेसमेत बताएका छन् ।

भेटियो मेटिएको सीसीटिभी फुटेज, फरेन्सिक टिमसँग परामर्श गर्दै संसदको विशेष समिति

  मंगलबार, श्रावण १०, २०७९                काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय प्रहरी विधि विज्ञान प्रयोगशालाले अर्थ मन्त्रालयको जेठ १४ गतेको डिलिट भएका सीसीटिभी फुटेजहरू रिकभर गरी संसदीय विशेष समितिलाई बुझाएको छ । प्रहरीले रिकभर भएका फुटेज सोमबार नै समितिलाई बुझाएको समितिका सचिव सुरेन्द्र अर्यालले जानकारी दिए । प्राप्त फुटेजका केही क्लिपहरू समितिले मंगलबार अध्ययन गरेको उनले बताए । यद्यपि फुटेजसम्बन्धी थप विवरण चाहिने भएकाले समितिले प्रयोगशालाका विज्ञलाई समितिमा बोलाएको उनले जनाए । ‘फुटेज सम्बन्धी थप छलफल गर्नुपर्ने भएकाले हामीले फरेन्सिक ल्याबकै विज्ञलाई बोलाएका छौं,’ उनले भने, ‘आज (मंगलबार) ४ बजे विज्ञहरूसँग छलफल गर्छाैं । यसपछि सीसीटिभी फुटेजसम्बन्धी थप अध्ययन अघि बढ्नेछ । जेठ १५ गते बजेट भाषण हुनुअगाडि अनाधिकृत व्यक्तिहरू मन्त्रालयमा आएर करकाे दायरा हेरफेर गर्न लगाएको आरोप लागेपछि संसदले जेठ १४ र १५ गतेको सीसीटिभी फुटेज हेर्न खोज्दा अर्थ मन्त्रालयले फुटेज डिलिट भएको जानकारी दिएको थियो । यसलगत्तै सरकारले संसदीय समितिलाई थप छानबिन गर्न ...

एन्ड्रोइडमा मिल्ने, तर आईफोनमा नमिल्ने यी ७ कुरा

काठमाडौं । एन्ड्रोइड र आईओएसबीच कुन अपरेटिङ सिस्टम उत्कृष्ट भन्ने विवाद कहिल्यै सकिँदैन । वर्षौँदेखि दुवै अपरेटिङ सिस्टममा थुप्रै अपग्रेड र युजर इन्टरफेस (यूआई) परिवर्तन हुँदै आइरहेका छन् । त्यस्तै दुवै अपरेटिङ सिस्टममा कतिपय समान किसिमका फिचरहरू पनि रहेका छन् । यस्ता आकर्षक अपडेट र यूआईमा परिवर्तन भइरहे पनि एन्ड्रोइडमा केही त्यस्ता कुरा छन्, जसको अभाव आईफोनमा सधैँ भइरहेको छ । आज हामी एन्ड्रोइडमा भएका, तर आईफोनमा नभएका आकर्षक फिचरका बारेमा चर्चा गर्दैछौं । मल्टिपल युजर र गेस्ट अकाउन्ट मल्टिपल युजर र गेस्ट मोड स्मार्टफोन परिवार तथा साथीभाइसँग हुनेहरूका लागि वरदान नै हो । एन्ड्रोइडले भर्जन ५.० पछिका फोनमा यो फिचर ल्याउन थालेको छ भने आईफोनले यो फिचर वर्षौँदेखि अस्वीकार गर्दै आएको छ । यदि आफ्ना कोही साथी वा बालबालिकाले तपाईंको फोन प्रयोग गर्छन् भने यो मोड प्रयोग गरी आफ्नो गोपनीयता सुरक्षित राख्न सक्नुहुन्छ । अर्को व्यक्तिलाई फोन दिँदा गेस्ट मोड अन गरेर दिन सक्नुहुन्छ । गेस्ट मोडका लागि हरेक प्रयोगकर्ताको छुट्टै पासवर्ड, डेटा र एप हुने गर्दछ । यूएसबी प्रयोग गर्दा इन्टर्लन स्टोरेजमा एक्सेस य...

आज पनि केही ठाउँमा भारी वर्षा हुने, बाढीपहिरोको जोखिम बढ्यो

  ५ साउन, काठमाडौं । आज पनि देशभर पानी पर्ने सम्भावना रहेको छ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशका धेरै ठाउँमा सामान्य र केही ठाउँमा मध्यम वर्षाको सम्भावना रहेको छ । अहिले पनि धेरै ठाउँमा सामान्य वर्षा भइरहेको छ । अन्य स्थानमा सामान्यदेखि मध्यम वर्षा हुने भए पनि सुदूरपश्चिम र प्रदेश १ का केही स्थानमा भने भारी वर्षा हुने पूर्वानुमान महाशाखाले जनाएको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदरको स्थानभन्दा केही उत्तरतिर अवस्थितर रहेकोले पहाडी भूभागका धेरै ठाउँमा पानी परिररहेको छ । पश्चिम नेपाल र देशका विभिन्न स्थानमा भने बुधबारदेखि नै भारी वर्षा भइरहेको छ । पछिल्लो २४ घण्टामा बाँकेको नेपालगञ्जमा सबैभन्दा धेरै पानी परेको मापन भएको छ । बाँकेकमा ९१ मिलिमिटर पानी परेको छ ।केही ठाउँमा चट्याङसहित वर्षा हुने र केही ठाउँमा भारी वर्षाका कारण खहरेहरू बढेर बाढी आउने भएकोले सतर्क रहन सरोकारवाला निकायले सचेतसमेत गराएका छन् ।