Skip to main content

यी हुन् नेपालमा इन्टरनेट महँगो हुनुको कारण, कसरी घटाउने शुल्क ?

 काठमाडौं । इन्टरनेट अत्यावश्यक आवश्यकता भइसकेको छ । दैनिकी इन्टरनेटसँग जोडिँदै गएको विषयलाई आत्मसाथ गर्दै सरकारले पनि यसलाई अत्यावश्यक सेवाको सूचीमा राखिसकेको छ ।

सरकारले अत्यावश्यक वस्तुको सूचीमा राखे पनि महँगो मूल्य तिरेर इन्टरनेट चलाउनु पर्ने वाध्यता कायमै छ ।


सेवा प्रदायकले पछिल्लो समय आफ्नै स्रोत साधनमा इन्टरनेट सेवा विस्तार गरिरहेकै छन् । इन्टरनेट विस्तारसँगै इन्टरनेटको गति र मूल्यमा निकै परिवर्तन आएको छ । तर, पनि यो अझै नेपालका धरै जनसंख्या क्रयशक्ति भन्दा बाहिरको विषय हो ।

त्यसका लागि सरकार तथा निजी क्षेत्र दुवैको सहकार्य र सहजीकरण आवश्यक छ । जसले भोलिका दिनमा नेपालको इन्टरनेटलाई सस्तो बनाउन मद्दत पुर्‍याउने छ । त्यसैले यहाँ नेपालमा इन्टरनेट महंगो हुनका मुख्य पाँच कारणहरूलाई केलाउँदै छौं ।

अन्तराष्ट्रिय नेटवर्क

अन्तराष्ट्रिय ब्याण्डविथ नेपालको लागि सबैभन्दा चुनौतीको विषय हो । हाल नेपालमा भारतका दुई कम्पनी टाटा र एयरटेलमार्फत अन्तराष्ट्रिय इन्टरनेट ब्याण्डविथ भित्रिरहेको छ । चीनबाट नेपाल टेलिकमले इन्टरनेट भित्र्याएको भए तापनि परिमाण नगण्य छ । भारतका यी दुई कम्पनीको वर्चस्वका कारण पनि नेपालको इन्टरनेट महँगो हुन पुगेको दूरसञ्चार विज्ञ आनन्दराज खनाल बताउँछन् ।

कुनै सेवा प्रदायक आफैँले कम्पनीहरूसँग सम्झौता गरेर ब्याण्डविथ ल्याएको अवस्था छ । कुनै कम्पनीले धेरै ल्याउँदा सस्तोमा र कुनै कम्पनीले थोरै ल्याउँदा महङ्गोमा ब्याण्डविथ ल्याएका छन् । यस्तोमा एउटै कम्पनीले सस्तोमा धेरै ब्याण्डविथ ल्याएर अन्य कम्पनीले सोही कम्पनीबाट नेपालमै लिने हो भने पनि केही सस्तो पर्न जान्छ । त्यो भन्दा पनि महत्वपूर्ण सरकार आफैले भूमिका निर्वाह गर्न आवश्यक रहेको खनाल बताउँछन् ।

भन्छन्, ‘सरकारकाबीचमा सम्झौता गरेर ओपीजीडब्लुमार्फत ब्याण्डविथ ल्याउने हो भने पनि निकै सस्तो पर्न जान्छ । अर्को सरकारले समुद्र सतहसम्म आफ्नै अप्टिकल फाइबर बिच्छ्याउने प्रक्रियालाई अघि बढाउन सकेको खण्डमा पनि सहुलियत दरमा अन्तराष्ट्रिय ब्याण्डविथ भित्र्याउन सकिन्छ ।’

राष्ट्रिय पूर्वाधार

पूर्वाधार इन्टरनेटको मेरुदण्ड नै हो । एउटै कम्पनीले पूर्वाधार विस्तार गर्नेदेखि इन्टरनेट दिनुपर्ने सम्मको काम गर्दा दोहोरो लगानी भइरहेको छ । त्यसैले छुट्टै पूर्वाधार कम्पनीको आवश्यक छ । जसले पूर्वाधार निर्माण गर्ने मात्रै काम गर्छ । सोही कम्पनीको पूर्वाधारमार्फत सबै सेवा प्रदायकले सेवा दिन सक्छन् । यसले सेवा प्रदायकको मर्मत सम्भार तथा पूर्वाधारमा हुँदै आएको लागत कम हुनेछ ।

नेपाल भित्रिने इन्टरनेटको हकमा विद्युत प्राधिकरणको पूर्वाधार प्रयोग गर्न सक्ने राम्रो विकल्प  छ । प्राधिकरणले आफुखूशी बढाएको पोल भाडाका कारण यो विषय तत्काल समाधान हुने देखिन्न ।

प्राधिकरणको पूर्वाधार प्रयोग गर्दा सहुलियत दर तोक्ने र ग्रामीण दूरसञ्चार विकास कोषबाट सञ्चालित परियोजनाका साथै अन्य नेटवर्कमा प्राधिकरणले हस्तक्षप गरी सहुलियत दरमा सहप्रयोगको वातावरण सिर्जना गरे दोहोरो लागत कम हुने र इन्टरनेको मूल्य कम हुने अवस्था रहने खनाल बताउँछन् ।

कर

इन्टरनेट महँगो हुनुको अर्को कारण कर पनि हो । इन्टरनेट सेवामा सरकारले सुर्तिजन्य तथा मदिराजन्य वस्तुमा भन्दा चर्को कर लगाइ रहेको छ । जसको असर इन्टरनेटको मूल्यमा परिरहेको छ । इन्टरनेटमा मदिरा र सुर्तीजन्य उद्योग सरह ३० प्रतिशत कर्पोरेट कर लाग्ने व्यवस्था छ ।

यसका साथै दूरसञ्चार सेवा शुल्कमा १३ प्रतिशत (मर्मत शुल्कमा बाहेक), ब्याण्डविथको शुल्क भुक्तानीमा १० प्रतिशत टीडीएस, रोयल्टी आम्दानीको ४ प्रतिशत र ग्रामीण दूरसञ्चार विकास कोषमा आम्दानीकै २ प्रतिशत बुझाउनुपर्ने प्रावधान राखिएको छ । यसका साथै १३ प्रतिशत भ्याट समेत यसमा जोडिन्छ ।

सरकारलाई इन्टरनेट सेवा वापत चर्को कर बुझाउनुपर्ने अवस्था छ । 

सहुलियत अभाव

इन्टरनेटको मूल्य कम गर्ने हो भने सरकारी सहुलियत र सहयोग सबैभन्दा महत्वपूर्ण हुने खनाल बताउँछन् । सरकारले नीतिगत रुपमा नै सेवा प्रदायकलाई सहुलियतको व्यवस्था गर्न आवश्यक छ । 

Comments

Popular posts from this blog

नयाँ बर्ष २०७६ को शुभकामना

नयां बर्ष २०७६ को सुखद उपलक्ष्यमा हाम्रा समस्त सुभेच्छुक मित्रहरु, सहकर्मी मित्रहरु, देश विदेशबाट हामीलाई माया गरी सद्भाव प्रकट गर्नुहुने सबै आदरणीय दाजुभाई दिदी बहिनीहरुमा सुख, शान्ति तथा समृद्धिको हार्दिक मंगलमय शुभ कामना प्रकट गर्दछौं।                                                                                                                                              -प्रबिण रिजाल 

सरकारले मंसिर ४ गते एकै चरणमा प्रतिनिधि सभा र प्रदेश सभाको चुनाव गर्ने

  सरकारले मंसिर ४ गते एकै चरणमा प्रतिनिधि सभा र प्रदेश सभाको चुनाव गर्ने निर्णय गरेको छ। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको एक मन्त्रीले जानकारी दिए।  बुधबार बसेको सत्ता गठबन्धनका शीर्ष नेताहरूको बैठकले आज चुनावको मिति घोषणा गर्न सरकारलाई सुझाव दिएको थियो। निर्वाचन आयोगले पनि यसअघि मंसिर पहिलो साता चुनाव गर्न सकिने सुझाव दिएको थियो। यसअघि २०७४ सालमा संघीय र प्रदेश सभाको चुनाव दुई चरणमा भएको थियो। यसपालि भने स्थानीय चुनाव वैशाख ३० गते एकै चरणमा भएको थियो। २०७४ को स्थानीय चुनाव भने तीन चरणमा भएको थियो।  प्रतिनिधि सभाका लागि १६५ निर्वाचन क्षेत्र र  सात प्रदेशका ३३० प्रदेश सभा निर्वाचन क्षेत्रमा प्रत्यक्ष चुनाव हुनेछ। 

ईन्टर्नेट जडान

नमस्ते म प्रबिन रिजाल तपाई हरु को सेवामा धादिङ र नुवाकोट का बिभिन्न स्थान मा ईन्टर्नेट जडान मा सहजिकारण गर्दै छु एहा हरु को स्थान मा आबस्यक परेमा सम्पार्क गर्नुहोला ९८६१७७७३७७

इन्टरनेटको विकासको संक्षिप्त जानकारी

                                                                         लोेकप्रसाद भुसाल ,   हाल बुटवल        इन्टरनेट आजको समयमा हाम्रो जीवनको अभिन्न अंग बनेको छ ।सारा विश्व इन्टरनेटको माध्यमबाट एकआपसमा जोडिएको छ । इन्टरनेट प्रयोग नहुने कुनै क्षेत्र नै छैन ।  इन्टरनेटले आज कामहरुलाई स्मार्ट र द्रुत गतिमा सम्पन्न हुने खालको बनाएको छ । सूचनाहरुलाई द्रुत गतिमा केन्द्रिकरण तथा विकेन्द्रिकरण गर्न सक्ने यसको प्रमुख विशेषता हो । ठुलठूला व्यापार तथा कार्य सञ्चालन इन्टरनेट अवरोध  internet Outage  भएको बेला ठप्प भइदिन्छन । मानिसको प्रत्यक्ष जीवनमा समेत यसको ठूलो प्रभाव छ । आज हामी जता हेर्छौं उतै इन्टरनेटको प्रयोग भइरहेको देख्न सक्छौं । इन्टरनेट यस्तो चीज भइसक्यो कि जसको अभावमा छटपटी हुन्छ । हाम्रो देशमा यसको प्रयोग व्यापारिक भन्दा पन...

एकछिन हासौ

 

आज पनि केही ठाउँमा भारी वर्षा हुने, बाढीपहिरोको जोखिम बढ्यो

  ५ साउन, काठमाडौं । आज पनि देशभर पानी पर्ने सम्भावना रहेको छ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशका धेरै ठाउँमा सामान्य र केही ठाउँमा मध्यम वर्षाको सम्भावना रहेको छ । अहिले पनि धेरै ठाउँमा सामान्य वर्षा भइरहेको छ । अन्य स्थानमा सामान्यदेखि मध्यम वर्षा हुने भए पनि सुदूरपश्चिम र प्रदेश १ का केही स्थानमा भने भारी वर्षा हुने पूर्वानुमान महाशाखाले जनाएको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदरको स्थानभन्दा केही उत्तरतिर अवस्थितर रहेकोले पहाडी भूभागका धेरै ठाउँमा पानी परिररहेको छ । पश्चिम नेपाल र देशका विभिन्न स्थानमा भने बुधबारदेखि नै भारी वर्षा भइरहेको छ । पछिल्लो २४ घण्टामा बाँकेको नेपालगञ्जमा सबैभन्दा धेरै पानी परेको मापन भएको छ । बाँकेकमा ९१ मिलिमिटर पानी परेको छ ।केही ठाउँमा चट्याङसहित वर्षा हुने र केही ठाउँमा भारी वर्षाका कारण खहरेहरू बढेर बाढी आउने भएकोले सतर्क रहन सरोकारवाला निकायले सचेतसमेत गराएका छन् ।

संसद्को कार्यकाल कति ? के भन्छ- निर्वाचन आयोग

  काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेशसभाका सदस्यहरूको कार्यकाल आगामी मंसिर २१ गतेसम्म कायम रहने जनाएको छ । निर्वाचन आयोगले बुधबार पत्रकार सम्मेलन गर्दै संसदको कार्यकाल मंसिर २१ गतेसम्म रहने जनाएको हो । आयोगका प्रमुख आयुक्त दिनेश थपलियाले यस विषयमा सरकारलाई सिफारिस गरिसकेको बताएका छन् । थपलियाले सरकारलाई आयोगले दिएको ५ पृष्ठको सिफारिसमा पदावधिको विषयमा स्पष्ट रुपमा उल्लेख गरेको बताए । ‘संविधान र कानुनअनुसार निर्वाचित मितिबाट पदावधि प्रारम्भ हुने व्यवस्थालाई टेकेर २१ गते पदावधि समाप्त हुने भनि लिखित रुपमा हामीले गरेको सिफारिसलाई सरकारले स्वीकार गरेको ठानेका छौं,’ उनले भने । प्रमुख आयुक्त थपलियाले उम्मेदवारी दिएपछि प्रतिनिधिसभा र प्रदेशसभा सदस्यहरुको पद स्वतः सकिनेसमेत बताएका छन् ।

ट्रकको ठक्करपछि मोटरसाइकलमा आगलागी हुँदा चालकको मृत्यु

  १६ साउन,। पोखरा           हेमजा सडकखण्डमा आइतबार राति ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ ।      पोखराबाट हेमजातर्फ जाँदै गरेको ग१७ प १९७० नम्बरको मोटरसाइकललाई ग१क ५१५२ नम्बरको ट्रकले ठक्कर दिएको थियो । ठक्कर दिनेबित्तिकै मोटरसाइकलमा आगलागी भएको प्रहरीले जनाएको छ ।      ट्रकले ठक्कर दिने बित्तिकै मोटरसाइकलमा आगलागी भएको र प्रहरी टोली खटिएर उपचारका लागि मणिपाल शिक्षण अस्प्ताल पुर्‍याइएको थियो तर डाक्टरले मृत घोषणा गरिदिए,’ कास्की प्रहरी निमित्त प्रमुख सुन्दर तिवारीले भने । मृत्यु हुने मोटरसाइकल चालक माछापुच्छ्रे  गाउँपालिका लाहाचोकका २७ वर्षीय नवराज नेपाली हुन् । ठक्करबाट भन्दा पनि ठक्करपछि मोटरसाइकलमा भएको आगलागीका कारण उनको मृत्यु भएको अस्पतालले जनाएको उनले बताए ।      ट्रक चालकलाई प्रहरी नियन्त्रणमा लिएको छ।  

इजरायल र गाजामा दोस्रो दिन पनि गोली हानाहान, २४ जनाको मृत्यु, २१५ जना घाइते

  इजरायल र प्यालेस्टिनी इस्लामिक जिहाद (पीआईजे)बीच दोस्रो दिन पनि गोली हानाहान जारी रहँदा कम्तीमा २४ प्यालेस्टाइनीको मृत्यु हुनाका साथै २ सय १५ जना घाइते भएका छन् । मृत्यु हुनेमा छ बालबालिका र दुई महिला रहेको गाजाको स्वास्थ्य मन्त्रालयले शनिबार सिन्ह्वालाई पठाएको प्रेस विज्ञप्तिमा  जनाइएको छ । इजरायली वायुसेनाले शनिबार राति दक्षिणी गाजा स्ट्रिप शहर रफाहमा एउटा घरलाई बिना चेतावनी आक्रमणको निशाना बनाउवदा  दुई प्यालेस्टिनीको मृत्यु हुनाको साथै ३० भन्दा बढी घाइते भएको प्यालेस्टिनी सुरक्षा स्रोतहरूले सिन्ह्वालाई बताएको छ ।  यसैबीच, प्यालेस्टिनी स्रोतका अनुसार उत्तरी गाजाको जबलियाको शरणार्थी शिविरमा शनिबार राति भएको विस्फोटमा चार बालबालिकासहित कम्तीमा पाँच जनाको मृत्यु भएको छ भने अन्य १५ जना घाइते भएका छन्। इजरायलले विस्फोटको जिम्मेवारी  भने अस्वीकार गरेको छ ।

भेटियो मेटिएको सीसीटिभी फुटेज, फरेन्सिक टिमसँग परामर्श गर्दै संसदको विशेष समिति

  मंगलबार, श्रावण १०, २०७९                काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय प्रहरी विधि विज्ञान प्रयोगशालाले अर्थ मन्त्रालयको जेठ १४ गतेको डिलिट भएका सीसीटिभी फुटेजहरू रिकभर गरी संसदीय विशेष समितिलाई बुझाएको छ । प्रहरीले रिकभर भएका फुटेज सोमबार नै समितिलाई बुझाएको समितिका सचिव सुरेन्द्र अर्यालले जानकारी दिए । प्राप्त फुटेजका केही क्लिपहरू समितिले मंगलबार अध्ययन गरेको उनले बताए । यद्यपि फुटेजसम्बन्धी थप विवरण चाहिने भएकाले समितिले प्रयोगशालाका विज्ञलाई समितिमा बोलाएको उनले जनाए । ‘फुटेज सम्बन्धी थप छलफल गर्नुपर्ने भएकाले हामीले फरेन्सिक ल्याबकै विज्ञलाई बोलाएका छौं,’ उनले भने, ‘आज (मंगलबार) ४ बजे विज्ञहरूसँग छलफल गर्छाैं । यसपछि सीसीटिभी फुटेजसम्बन्धी थप अध्ययन अघि बढ्नेछ । जेठ १५ गते बजेट भाषण हुनुअगाडि अनाधिकृत व्यक्तिहरू मन्त्रालयमा आएर करकाे दायरा हेरफेर गर्न लगाएको आरोप लागेपछि संसदले जेठ १४ र १५ गतेको सीसीटिभी फुटेज हेर्न खोज्दा अर्थ मन्त्रालयले फुटेज डिलिट भएको जानकारी दिएको थियो । यसलगत्तै सरकारले संसदीय समितिलाई थप छानबिन गर्न ...