Skip to main content

एक जना ग्राहकबाट औसतमा कति कमाउँछन् टेलिकम र एनसेल ?

 काठमाडौं । नेपालको दूरसञ्चार क्षेत्रमा खासगरी मोबाइल सेवामा दुई कम्पनी नेपाल टेलिकम र एनसेलको अधिपत्य छ । नियामकले सार्वजनिक गर्ने प्रतिवेदनमा ग्राहक सङ्ख्याका आधारमा पहिलो नम्बरमा देखिने नेपाल टेलिकमको आम्दानी भने एनसेलको तुलनामा कम छ ।

हालैको एउटा तथ्यले टेलिकमको नेटवर्कमा सक्रिय रहेका मोबाइलको सङ्ख्या समेत कम रहेको देखिएको छ । यसले समेत कम्पनीको आम्दानी कम भएको हुनसक्ने अनुमान गर्न सकिन्छ ।


तर वास्तवमा एनसेल र नेपाल टेलिकमले औसत एक जना ग्राहकबाट मासिक कति आम्दानी गर्छन् भन्ने कुरा स्पष्ट रुपमा सार्वजनिक हुने गरेको छैन । त्यसैले आज हामीले दुई कम्पनीको प्रति ग्राहक औसत आम्दानी (एआरपीयू-एभरेज रेभिन्यु पर युजर) को हिसाब निकालेर तुलना गर्ने प्रयास गर्दैछौँ ।

त्यसो त प्यारेन्ट कम्पनीको रुपमा रहेको आजियाटा लिमिटेडले सार्वजनिक गर्ने वित्तीय प्रतिवेदनमा एनसेलको प्रति व्यक्ति आम्दानी स्पष्ट छ । तर नेपाल टेलिकमले भने प्रति ग्राहक औसत आम्दानीको विषय अहिलेसम्म आफ्नो प्रतिवेदनमा समावेश गरेको पाइँदैन ।

दुवै कम्पनीले चालू आर्थिक वर्षको पहिलो त्रैमासिक अवधिको वित्तीय प्रतिवेदन सार्वजनिक गरेका छन् । जसअनुसार उक्त तीन महिनाको अवधिमा एनसेलको आम्दानी १० अर्ब १५ करोड ८१ लाख ६० हजार रुपैयाँ रहेको छ भने टेलिकमको आम्दानी १० अर्ब १० करोड ४४ लाख ७५ हजार रुपैयाँ छ ।

आम्दानी रकम करिब समान देखिए पनि एनसेलले उक्त आम्दानी एक करोड ६४ लाख ९० हजार ग्राहकबाट तथा टेलिकमले दुई करोड १९ लाख १० हजार ग्राहकबाट गरेको हो । यस हिसाबले एनसेलले आफ्नो एक जना ग्राहकबाट मासिक औसत २०५.३३ रुपैयाँ (पोस्टपेडमा ३०६ रुपैयाँ र प्रिपेडमा २०० रुपैयाँ) आम्दानी गर्दै आएको छ ।

तर टेलिकमले भने एक जना ग्राहकबाट मासिक औसत १५३.७२ रुपैयाँ मात्रै आम्दानी गर्छ । जुन एनसेलको भन्दा प्रति ग्राहक मासिक औसत ५१.६१ रुपैयाँ रुपैयाँ कम हो ।


साभार (टेक्पाना } 

Comments

Popular posts from this blog

नयाँ बर्ष २०७६ को शुभकामना

नयां बर्ष २०७६ को सुखद उपलक्ष्यमा हाम्रा समस्त सुभेच्छुक मित्रहरु, सहकर्मी मित्रहरु, देश विदेशबाट हामीलाई माया गरी सद्भाव प्रकट गर्नुहुने सबै आदरणीय दाजुभाई दिदी बहिनीहरुमा सुख, शान्ति तथा समृद्धिको हार्दिक मंगलमय शुभ कामना प्रकट गर्दछौं।                                                                                                                                              -प्रबिण रिजाल 

ईन्टर्नेट जडान

नमस्ते म प्रबिन रिजाल तपाई हरु को सेवामा धादिङ र नुवाकोट का बिभिन्न स्थान मा ईन्टर्नेट जडान मा सहजिकारण गर्दै छु एहा हरु को स्थान मा आबस्यक परेमा सम्पार्क गर्नुहोला ९८६१७७७३७७

सरकारले मंसिर ४ गते एकै चरणमा प्रतिनिधि सभा र प्रदेश सभाको चुनाव गर्ने

  सरकारले मंसिर ४ गते एकै चरणमा प्रतिनिधि सभा र प्रदेश सभाको चुनाव गर्ने निर्णय गरेको छ। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको एक मन्त्रीले जानकारी दिए।  बुधबार बसेको सत्ता गठबन्धनका शीर्ष नेताहरूको बैठकले आज चुनावको मिति घोषणा गर्न सरकारलाई सुझाव दिएको थियो। निर्वाचन आयोगले पनि यसअघि मंसिर पहिलो साता चुनाव गर्न सकिने सुझाव दिएको थियो। यसअघि २०७४ सालमा संघीय र प्रदेश सभाको चुनाव दुई चरणमा भएको थियो। यसपालि भने स्थानीय चुनाव वैशाख ३० गते एकै चरणमा भएको थियो। २०७४ को स्थानीय चुनाव भने तीन चरणमा भएको थियो।  प्रतिनिधि सभाका लागि १६५ निर्वाचन क्षेत्र र  सात प्रदेशका ३३० प्रदेश सभा निर्वाचन क्षेत्रमा प्रत्यक्ष चुनाव हुनेछ। 

आज पनि केही ठाउँमा भारी वर्षा हुने, बाढीपहिरोको जोखिम बढ्यो

  ५ साउन, काठमाडौं । आज पनि देशभर पानी पर्ने सम्भावना रहेको छ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशका धेरै ठाउँमा सामान्य र केही ठाउँमा मध्यम वर्षाको सम्भावना रहेको छ । अहिले पनि धेरै ठाउँमा सामान्य वर्षा भइरहेको छ । अन्य स्थानमा सामान्यदेखि मध्यम वर्षा हुने भए पनि सुदूरपश्चिम र प्रदेश १ का केही स्थानमा भने भारी वर्षा हुने पूर्वानुमान महाशाखाले जनाएको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदरको स्थानभन्दा केही उत्तरतिर अवस्थितर रहेकोले पहाडी भूभागका धेरै ठाउँमा पानी परिररहेको छ । पश्चिम नेपाल र देशका विभिन्न स्थानमा भने बुधबारदेखि नै भारी वर्षा भइरहेको छ । पछिल्लो २४ घण्टामा बाँकेको नेपालगञ्जमा सबैभन्दा धेरै पानी परेको मापन भएको छ । बाँकेकमा ९१ मिलिमिटर पानी परेको छ ।केही ठाउँमा चट्याङसहित वर्षा हुने र केही ठाउँमा भारी वर्षाका कारण खहरेहरू बढेर बाढी आउने भएकोले सतर्क रहन सरोकारवाला निकायले सचेतसमेत गराएका छन् ।

इन्टरनेटको विकासको संक्षिप्त जानकारी

                                                                         लोेकप्रसाद भुसाल ,   हाल बुटवल        इन्टरनेट आजको समयमा हाम्रो जीवनको अभिन्न अंग बनेको छ ।सारा विश्व इन्टरनेटको माध्यमबाट एकआपसमा जोडिएको छ । इन्टरनेट प्रयोग नहुने कुनै क्षेत्र नै छैन ।  इन्टरनेटले आज कामहरुलाई स्मार्ट र द्रुत गतिमा सम्पन्न हुने खालको बनाएको छ । सूचनाहरुलाई द्रुत गतिमा केन्द्रिकरण तथा विकेन्द्रिकरण गर्न सक्ने यसको प्रमुख विशेषता हो । ठुलठूला व्यापार तथा कार्य सञ्चालन इन्टरनेट अवरोध  internet Outage  भएको बेला ठप्प भइदिन्छन । मानिसको प्रत्यक्ष जीवनमा समेत यसको ठूलो प्रभाव छ । आज हामी जता हेर्छौं उतै इन्टरनेटको प्रयोग भइरहेको देख्न सक्छौं । इन्टरनेट यस्तो चीज भइसक्यो कि जसको अभावमा छटपटी हुन्छ । हाम्रो देशमा यसको प्रयोग व्यापारिक भन्दा पन...

कच्चा तेलको मूल्य पाँच महिना यताकै न्यून

कच्चा तेलको मूल्य घट्नुलाई तेल उत्पादक तथा आपूर्तिकर्ता मुलुकहरुको संगठन (ओपेक प्लस) को निर्णय प्रमुख मानिएको छ । संगठनले सेप्टेम्बर महिनाका लागि कच्चा तेलको उत्पादन बढाउने दैनिक एक लाख ब्यारेलले बढाउने निर्णय गरेको थियो । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घट्दाको फाइदा नेपालमा सुरु भइसकेको नेपाल आयल निगमले जनाएको छ । अंग्रेजी महिना जुलाईमा मात्रै अन्तर्राष्ट्रिय मूल्य र स्वदेशी खपत दुवैमा भएको कमीले समग्र भुक्तानी मूल्यमै बचत भएको निगमका नायवकार्यकारी निर्देशक एवं लेखा प्रमुख नागेन्द्र साहले बताए  पेट्रोलियम पदार्थको खपत यस अघि दैनिक एक अर्बको रहेकामा उक्त महिना ७० करोडमा झरेको निगमले जनाएको छ । बर्खाका कारण विकास निर्माणको काम नहुने र मानवीय गतिविधि पनि कम हुने भएकाले मासिक खपत नै २४/२५ अर्ब हाराहारी हुने निगमको अनुमान छ । यस अघि यस्तो बिक्री मासिक ३० अर्ब हाराहारी थियो । इन्धनको मूल्य घट्दा निगमको घाटामा पनि उल्लेख्य सुधार भएको छ । अघिल्लो महिना मासिक ४ अर्ब बढी रहेकामा यो महिना एक अर्ब ३० करोड हारहारी मात्रै घाटा रहने निगमको प्रक्षेपण छ । पुस २०७७ बाट बढ्न थालेको इन्धनको...

इजरायल र गाजामा दोस्रो दिन पनि गोली हानाहान, २४ जनाको मृत्यु, २१५ जना घाइते

  इजरायल र प्यालेस्टिनी इस्लामिक जिहाद (पीआईजे)बीच दोस्रो दिन पनि गोली हानाहान जारी रहँदा कम्तीमा २४ प्यालेस्टाइनीको मृत्यु हुनाका साथै २ सय १५ जना घाइते भएका छन् । मृत्यु हुनेमा छ बालबालिका र दुई महिला रहेको गाजाको स्वास्थ्य मन्त्रालयले शनिबार सिन्ह्वालाई पठाएको प्रेस विज्ञप्तिमा  जनाइएको छ । इजरायली वायुसेनाले शनिबार राति दक्षिणी गाजा स्ट्रिप शहर रफाहमा एउटा घरलाई बिना चेतावनी आक्रमणको निशाना बनाउवदा  दुई प्यालेस्टिनीको मृत्यु हुनाको साथै ३० भन्दा बढी घाइते भएको प्यालेस्टिनी सुरक्षा स्रोतहरूले सिन्ह्वालाई बताएको छ ।  यसैबीच, प्यालेस्टिनी स्रोतका अनुसार उत्तरी गाजाको जबलियाको शरणार्थी शिविरमा शनिबार राति भएको विस्फोटमा चार बालबालिकासहित कम्तीमा पाँच जनाको मृत्यु भएको छ भने अन्य १५ जना घाइते भएका छन्। इजरायलले विस्फोटको जिम्मेवारी  भने अस्वीकार गरेको छ ।

एकछिन हासौ

 

ट्रकको ठक्करपछि मोटरसाइकलमा आगलागी हुँदा चालकको मृत्यु

  १६ साउन,। पोखरा           हेमजा सडकखण्डमा आइतबार राति ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ ।      पोखराबाट हेमजातर्फ जाँदै गरेको ग१७ प १९७० नम्बरको मोटरसाइकललाई ग१क ५१५२ नम्बरको ट्रकले ठक्कर दिएको थियो । ठक्कर दिनेबित्तिकै मोटरसाइकलमा आगलागी भएको प्रहरीले जनाएको छ ।      ट्रकले ठक्कर दिने बित्तिकै मोटरसाइकलमा आगलागी भएको र प्रहरी टोली खटिएर उपचारका लागि मणिपाल शिक्षण अस्प्ताल पुर्‍याइएको थियो तर डाक्टरले मृत घोषणा गरिदिए,’ कास्की प्रहरी निमित्त प्रमुख सुन्दर तिवारीले भने । मृत्यु हुने मोटरसाइकल चालक माछापुच्छ्रे  गाउँपालिका लाहाचोकका २७ वर्षीय नवराज नेपाली हुन् । ठक्करबाट भन्दा पनि ठक्करपछि मोटरसाइकलमा भएको आगलागीका कारण उनको मृत्यु भएको अस्पतालले जनाएको उनले बताए ।      ट्रक चालकलाई प्रहरी नियन्त्रणमा लिएको छ।