Skip to main content

गुणस्तरीय सेवा दिन सबै दूरसञ्चार सेवा प्रदायक असफल

 काठमाडौं । दूरसञ्चार सेवा प्रदायक कम्पनीहरू आफ्ना ग्राहकलाई गुणस्तरीय सेवा उपलब्ध गराउने विषयमा सधैँ चुक्दै आएका छन् ।

नियामक नेपाल दूरसञ्चार प्राधिकरणले ‘ड्राइभ टेस्ट’मार्फत विभिन्न समयमा मोबाइल सेवा प्रदायकको गुणस्तर मापन गरिरहेको छ । प्राधिकरणले गर्ने यस्ता परीक्षणमा सेवा प्रदायकहरू तोकिएको मापदण्ड पूरा गर्न सँधै असफल रहेको देखिन्छ ।


यतिसम्म कि काठमाडौं उपत्यकामै टेलिकम सेवा प्रदायक कम्पनीहरूले गुणस्तरीय सेवा उपलब्ध गराउन नसकेको प्रतिवेदन समय-समयमा सार्वजनिक भइरहेकाे छ ।

काठमाडौं उपत्यकामै गुणस्तरीय सेवा दिन चुकेका सेवा प्रदायकले बाहिरी जिल्लामा गुणस्तरीय सेवा दिइरहेका छन् भनेर अपेक्षा गर्नु अस्वाभाविक हो ।

यसैक्रममा प्राधिकरणले गत वर्ष प्रदेश १, मधेश प्रदेश र गण्डकी प्रेदशमा दूरसञ्चार सेवा प्रदायकले उपलब्ध गराएको सेवाको गुणस्तर अध्ययन तथा मापनका लागि परामर्शदाता नियुक्त गरेको थियो । यसको जिम्मा इन्क्लुसिभ–एभरेष्ट–माइक्रोटेकको जेभी (ज्वाइन्ट भेन्चर)ले हात पारेको थियो ।

उक्त कम्पनीले प्राधिकरणलाई बुझाएको अन्तिम प्रतिवेदन अनुसार प्रदेशस्तरमा पनि दूरसञ्चार सेवा प्रदायक गुणस्तरीय सेवा दिनबाट चुकेका छन ।

यो अध्ययनलाई प्रदेशको ग्रामीण र सहरी क्षेत्रका आधारमा विभाजन गरिएको थियो, जसमध्ये प्रदेश १ मा कूल १५० किलोमिटरभित्र यो अध्ययन गरिएकाे थियाे ।

प्रदेश १ अन्तर्गत नेपाल टेलिकम, एनसेल र स्मार्टसेल सबै सेवा प्रदायक गुणस्तरीय सेवा दिनबाट चुकेका छन् ।

प्रावधान अनुसार कल सेटअप सफल दर ९९ प्रतिशतभन्दा माथि हुनुपर्ने हो । तर, नेपाल टेलिकम ९६.१८, एनसेल ९२.५७ र स्मार्ट ७९.९६ प्रतिशतमै सीमित देखिए ।

त्यस्तै कल ड्रप (मोबाइलमा कुरा गर्दागर्दै फोन काटिने) रेट दुई प्रतिशत वा सोभन्दा कम हुने पर्नेमा एनसेलको ८.४१ रहेको छ । यसमा नेपाल टेलिकम र स्मार्टसेल भने केही सफल देखिएका छन् ।

त्यस्तै कल लाग्ने समयको आधारमा सबै सेवा प्रदायक मापदण्ड पूरा गर्न असफल भएका छन् । प्राधिकरणको प्रावधान अनुसार एक प्रयोगकर्ताले अर्को प्रयोगकर्तालाई कल गर्दा ५ सेकेन्डभित्र कल लागिसक्नुपर्ने हुन्छ । तर, यसमा एनसेलको ६.३३, नेपाल टेलिकमको ६.९५ र स्मार्ट टेलिकमको सबैभन्दा बढी ८.७२ सेकेन्ड लाग्ने अध्ययनले देखाएको छ ।

त्यस्तै मधेस प्रदेशमा भएको अध्ययनको अवस्था पनि उस्तै छ । मधेश प्रदेशमा कूल हजार किलोमिटरमा यो अध्ययन भएको थियो ।

अध्ययन अनुसार कल सेटअप सफल दरमा नेपाल टेलिकम ९८.१७, एनसेल ९७.३९ र स्मार्ट ६०.३४ प्रतिशतमै सीमित रहे । जब कि प्रावधानअनुसार कल सेटअप सफल दर ९९ प्रतिशतभन्दा माथि हुनुपर्ने हो ।

त्यस्तै कल ड्रप (मोबाइलमा कुरा गर्दागर्दै फोन काटिने) रेट दुई प्रतिशत वा सोभन्दा कम हुनुपर्नेमा एनसेलको ६.३० प्रतिशत रहेको छ । यसमा नेपाल टेलिकम र स्मार्टसेल भने सफल भएका छन् ।

त्यस्तै कल लाग्ने समयको आधारमा मधेश प्रदेशमा समेत सबै सेवा प्रदायक मापदण्ड कायम गर्नबाट चुकेका छन् ।

प्राधिकरणको प्रावधानअनुसार कल सेटअपको समय ५ सेकेन्ड वा सोभन्दा कम हो । तर, यसमा एनसेलको ६.६८, नेपाल टेलिकमको ६.१३ र स्मार्ट टेलिकमको सबैभन्दा बढी ९.४७ सेकेन्ड लाग्ने अध्ययनले देखाएको छ ।

गण्डकी प्रदेशमा पनि सेवा प्रदायकले प्रयोगकर्तालाई गुणस्तरीय सेवा दिन चुकेका छन् । गण्डकी प्रदेशमा कूल ९५० किलोमिटर क्षेत्रफलमा भएको यो अध्ययनमा कल सेटअप सफल दरमा नेपाल टेलिकमको ९७.८९, एनसेल ९६.२५ र स्मार्ट ५९.१८ प्रतिशतमै सीमित रहेको छ ।

त्यस्तै कल ड्रप रेट दुई प्रतिशत वा सोभन्दा कम हुने पर्नेमा एनसेलको ४.८५ प्रतिशत र स्मार्ट टेलिकमको २.०२ प्रतिशत रहेको छ । यसमा नेपाल टेलिकममात्रै सफल भएकाे छ ।

कल लाग्ने समयको आधारमा गण्डकी प्रदेशमा सबै सेवा प्रदायक मापदण्ड कायम गर्नबाट चुकेका छन् । यसअन्तर्गत एनसेलको ६.१८, नेपाल टेलिकमको ६.१६ र स्मार्ट टेलिकमको सबैभन्दा बढी ९.२९ सेकेन्ड लाग्ने अध्ययनले देखाएको छ ।

यतिमात्रै नभएर अध्ययनले तीन ओटा प्रदेशका कतिपय स्थानमा अति नै गुणस्तरहीन सेवा रहेको समेत जनाएको छ ।

Comments

Popular posts from this blog

नयाँ बर्ष २०७६ को शुभकामना

नयां बर्ष २०७६ को सुखद उपलक्ष्यमा हाम्रा समस्त सुभेच्छुक मित्रहरु, सहकर्मी मित्रहरु, देश विदेशबाट हामीलाई माया गरी सद्भाव प्रकट गर्नुहुने सबै आदरणीय दाजुभाई दिदी बहिनीहरुमा सुख, शान्ति तथा समृद्धिको हार्दिक मंगलमय शुभ कामना प्रकट गर्दछौं।                                                                                                                                              -प्रबिण रिजाल 

सरकारले मंसिर ४ गते एकै चरणमा प्रतिनिधि सभा र प्रदेश सभाको चुनाव गर्ने

  सरकारले मंसिर ४ गते एकै चरणमा प्रतिनिधि सभा र प्रदेश सभाको चुनाव गर्ने निर्णय गरेको छ। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको एक मन्त्रीले जानकारी दिए।  बुधबार बसेको सत्ता गठबन्धनका शीर्ष नेताहरूको बैठकले आज चुनावको मिति घोषणा गर्न सरकारलाई सुझाव दिएको थियो। निर्वाचन आयोगले पनि यसअघि मंसिर पहिलो साता चुनाव गर्न सकिने सुझाव दिएको थियो। यसअघि २०७४ सालमा संघीय र प्रदेश सभाको चुनाव दुई चरणमा भएको थियो। यसपालि भने स्थानीय चुनाव वैशाख ३० गते एकै चरणमा भएको थियो। २०७४ को स्थानीय चुनाव भने तीन चरणमा भएको थियो।  प्रतिनिधि सभाका लागि १६५ निर्वाचन क्षेत्र र  सात प्रदेशका ३३० प्रदेश सभा निर्वाचन क्षेत्रमा प्रत्यक्ष चुनाव हुनेछ। 

इन्टरनेटको विकासको संक्षिप्त जानकारी

                                                                         लोेकप्रसाद भुसाल ,   हाल बुटवल        इन्टरनेट आजको समयमा हाम्रो जीवनको अभिन्न अंग बनेको छ ।सारा विश्व इन्टरनेटको माध्यमबाट एकआपसमा जोडिएको छ । इन्टरनेट प्रयोग नहुने कुनै क्षेत्र नै छैन ।  इन्टरनेटले आज कामहरुलाई स्मार्ट र द्रुत गतिमा सम्पन्न हुने खालको बनाएको छ । सूचनाहरुलाई द्रुत गतिमा केन्द्रिकरण तथा विकेन्द्रिकरण गर्न सक्ने यसको प्रमुख विशेषता हो । ठुलठूला व्यापार तथा कार्य सञ्चालन इन्टरनेट अवरोध  internet Outage  भएको बेला ठप्प भइदिन्छन । मानिसको प्रत्यक्ष जीवनमा समेत यसको ठूलो प्रभाव छ । आज हामी जता हेर्छौं उतै इन्टरनेटको प्रयोग भइरहेको देख्न सक्छौं । इन्टरनेट यस्तो चीज भइसक्यो कि जसको अभावमा छटपटी हुन्छ । हाम्रो देशमा यसको प्रयोग व्यापारिक भन्दा पन...

ईन्टर्नेट जडान

नमस्ते म प्रबिन रिजाल तपाई हरु को सेवामा धादिङ र नुवाकोट का बिभिन्न स्थान मा ईन्टर्नेट जडान मा सहजिकारण गर्दै छु एहा हरु को स्थान मा आबस्यक परेमा सम्पार्क गर्नुहोला ९८६१७७७३७७

एकछिन हासौ

 

ट्रकको ठक्करपछि मोटरसाइकलमा आगलागी हुँदा चालकको मृत्यु

  १६ साउन,। पोखरा           हेमजा सडकखण्डमा आइतबार राति ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ ।      पोखराबाट हेमजातर्फ जाँदै गरेको ग१७ प १९७० नम्बरको मोटरसाइकललाई ग१क ५१५२ नम्बरको ट्रकले ठक्कर दिएको थियो । ठक्कर दिनेबित्तिकै मोटरसाइकलमा आगलागी भएको प्रहरीले जनाएको छ ।      ट्रकले ठक्कर दिने बित्तिकै मोटरसाइकलमा आगलागी भएको र प्रहरी टोली खटिएर उपचारका लागि मणिपाल शिक्षण अस्प्ताल पुर्‍याइएको थियो तर डाक्टरले मृत घोषणा गरिदिए,’ कास्की प्रहरी निमित्त प्रमुख सुन्दर तिवारीले भने । मृत्यु हुने मोटरसाइकल चालक माछापुच्छ्रे  गाउँपालिका लाहाचोकका २७ वर्षीय नवराज नेपाली हुन् । ठक्करबाट भन्दा पनि ठक्करपछि मोटरसाइकलमा भएको आगलागीका कारण उनको मृत्यु भएको अस्पतालले जनाएको उनले बताए ।      ट्रक चालकलाई प्रहरी नियन्त्रणमा लिएको छ।  

संसद्को कार्यकाल कति ? के भन्छ- निर्वाचन आयोग

  काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेशसभाका सदस्यहरूको कार्यकाल आगामी मंसिर २१ गतेसम्म कायम रहने जनाएको छ । निर्वाचन आयोगले बुधबार पत्रकार सम्मेलन गर्दै संसदको कार्यकाल मंसिर २१ गतेसम्म रहने जनाएको हो । आयोगका प्रमुख आयुक्त दिनेश थपलियाले यस विषयमा सरकारलाई सिफारिस गरिसकेको बताएका छन् । थपलियाले सरकारलाई आयोगले दिएको ५ पृष्ठको सिफारिसमा पदावधिको विषयमा स्पष्ट रुपमा उल्लेख गरेको बताए । ‘संविधान र कानुनअनुसार निर्वाचित मितिबाट पदावधि प्रारम्भ हुने व्यवस्थालाई टेकेर २१ गते पदावधि समाप्त हुने भनि लिखित रुपमा हामीले गरेको सिफारिसलाई सरकारले स्वीकार गरेको ठानेका छौं,’ उनले भने । प्रमुख आयुक्त थपलियाले उम्मेदवारी दिएपछि प्रतिनिधिसभा र प्रदेशसभा सदस्यहरुको पद स्वतः सकिनेसमेत बताएका छन् ।

आज पनि केही ठाउँमा भारी वर्षा हुने, बाढीपहिरोको जोखिम बढ्यो

  ५ साउन, काठमाडौं । आज पनि देशभर पानी पर्ने सम्भावना रहेको छ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशका धेरै ठाउँमा सामान्य र केही ठाउँमा मध्यम वर्षाको सम्भावना रहेको छ । अहिले पनि धेरै ठाउँमा सामान्य वर्षा भइरहेको छ । अन्य स्थानमा सामान्यदेखि मध्यम वर्षा हुने भए पनि सुदूरपश्चिम र प्रदेश १ का केही स्थानमा भने भारी वर्षा हुने पूर्वानुमान महाशाखाले जनाएको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदरको स्थानभन्दा केही उत्तरतिर अवस्थितर रहेकोले पहाडी भूभागका धेरै ठाउँमा पानी परिररहेको छ । पश्चिम नेपाल र देशका विभिन्न स्थानमा भने बुधबारदेखि नै भारी वर्षा भइरहेको छ । पछिल्लो २४ घण्टामा बाँकेको नेपालगञ्जमा सबैभन्दा धेरै पानी परेको मापन भएको छ । बाँकेकमा ९१ मिलिमिटर पानी परेको छ ।केही ठाउँमा चट्याङसहित वर्षा हुने र केही ठाउँमा भारी वर्षाका कारण खहरेहरू बढेर बाढी आउने भएकोले सतर्क रहन सरोकारवाला निकायले सचेतसमेत गराएका छन् ।

भेटियो मेटिएको सीसीटिभी फुटेज, फरेन्सिक टिमसँग परामर्श गर्दै संसदको विशेष समिति

  मंगलबार, श्रावण १०, २०७९                काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय प्रहरी विधि विज्ञान प्रयोगशालाले अर्थ मन्त्रालयको जेठ १४ गतेको डिलिट भएका सीसीटिभी फुटेजहरू रिकभर गरी संसदीय विशेष समितिलाई बुझाएको छ । प्रहरीले रिकभर भएका फुटेज सोमबार नै समितिलाई बुझाएको समितिका सचिव सुरेन्द्र अर्यालले जानकारी दिए । प्राप्त फुटेजका केही क्लिपहरू समितिले मंगलबार अध्ययन गरेको उनले बताए । यद्यपि फुटेजसम्बन्धी थप विवरण चाहिने भएकाले समितिले प्रयोगशालाका विज्ञलाई समितिमा बोलाएको उनले जनाए । ‘फुटेज सम्बन्धी थप छलफल गर्नुपर्ने भएकाले हामीले फरेन्सिक ल्याबकै विज्ञलाई बोलाएका छौं,’ उनले भने, ‘आज (मंगलबार) ४ बजे विज्ञहरूसँग छलफल गर्छाैं । यसपछि सीसीटिभी फुटेजसम्बन्धी थप अध्ययन अघि बढ्नेछ । जेठ १५ गते बजेट भाषण हुनुअगाडि अनाधिकृत व्यक्तिहरू मन्त्रालयमा आएर करकाे दायरा हेरफेर गर्न लगाएको आरोप लागेपछि संसदले जेठ १४ र १५ गतेको सीसीटिभी फुटेज हेर्न खोज्दा अर्थ मन्त्रालयले फुटेज डिलिट भएको जानकारी दिएको थियो । यसलगत्तै सरकारले संसदीय समितिलाई थप छानबिन गर्न ...

इजरायल र गाजामा दोस्रो दिन पनि गोली हानाहान, २४ जनाको मृत्यु, २१५ जना घाइते

  इजरायल र प्यालेस्टिनी इस्लामिक जिहाद (पीआईजे)बीच दोस्रो दिन पनि गोली हानाहान जारी रहँदा कम्तीमा २४ प्यालेस्टाइनीको मृत्यु हुनाका साथै २ सय १५ जना घाइते भएका छन् । मृत्यु हुनेमा छ बालबालिका र दुई महिला रहेको गाजाको स्वास्थ्य मन्त्रालयले शनिबार सिन्ह्वालाई पठाएको प्रेस विज्ञप्तिमा  जनाइएको छ । इजरायली वायुसेनाले शनिबार राति दक्षिणी गाजा स्ट्रिप शहर रफाहमा एउटा घरलाई बिना चेतावनी आक्रमणको निशाना बनाउवदा  दुई प्यालेस्टिनीको मृत्यु हुनाको साथै ३० भन्दा बढी घाइते भएको प्यालेस्टिनी सुरक्षा स्रोतहरूले सिन्ह्वालाई बताएको छ ।  यसैबीच, प्यालेस्टिनी स्रोतका अनुसार उत्तरी गाजाको जबलियाको शरणार्थी शिविरमा शनिबार राति भएको विस्फोटमा चार बालबालिकासहित कम्तीमा पाँच जनाको मृत्यु भएको छ भने अन्य १५ जना घाइते भएका छन्। इजरायलले विस्फोटको जिम्मेवारी  भने अस्वीकार गरेको छ ।