Skip to main content

साउनभित्र बोलपत्र आह्वान, कात्तिकदेखि काम

१ साउन, काठमाडौं । चालु आर्थिक वर्ष २०७९/८० को बजेट कार्यान्वयन आइतबारदेखि सुरु भएको छ । गत आर्थिक वर्ष २०७८/७९ मा बजेट कार्यान्वयनमा कमजोर देखिएको सरकारले आगामी आवका लागि मार्गदर्शन जारी गरेको छ । अर्थ मन्त्रालयका सचिव मधुकुमार मरासिनीले बजेट कार्यान्वयन गर्ने निकायहरुका लागि मार्गदर्शन जारी गरेका हुन् ।

मार्गदर्शन अनुसार स्वीकृत वार्षिक कार्यक्रममा परेका आयोजनाको तयारीका चरण पूरा गरी कार्यक्रम/आयोजनाको त्रैमासिक विभाजनसहितको वार्षिक खरिद योजना, विस्तृत डिजाइन र लागत अनुमान तयार गरी साउन मसान्तभित्र स्वीकृत गरी बोलपत्र आह्वान गरिसक्नु पर्ने भएको छ । २०७९ असोज मसान्तभित्र बोलपत्र मूल्यांकन गरी ठेक्का सम्झौता गर्नु पर्ने छ ।

ठेक्का सम्झौता भएको १५ दिन (१५ कात्तिक) भित्रै काम सुरु गरिसक्नु पर्ने भएको छ । मन्त्रालय/निकाय मातहत पूँजीगत खर्च गर्ने कार्ययोजना (जिम्मेवार पदाधिकारीको नाम सहित) समेत असोज मसान्तभित्र तयार पारी त्यसको मासिक अनुगमन सरोकारवाला निकायले गर्नुपर्ने मार्गदर्शनमा उल्लेख छ ।

विनियोजित बजेट र स्वीकृत कार्यक्रममा नपरेका कार्यक्रम/आयोजना कार्यान्वयनमा लैजान पाइने छैन । त्यस्तो आयोजना अगाडि बढाएमा स्वयम् अधिकारी नै जिम्मेवार हुने अर्थसचिव मरासिनीद्वारा जारी मार्गदर्शनमा उल्लेख छ । विनियोजित कार्यक्रम/आयोजनामा नपरेका आयोजना र कार्यक्रमलाई बजेट, निकासा, रकमान्तर तथा कार्यक्रम संशोधनको माग समेत गर्न पाइने छैन । त्यसरी माग भई आएमा समेत निकासा नदिने मार्गदर्शनमा उल्लेख छ ।


निर्माण स्थलको व्यवस्था, निर्माणस्थलबाट हटाउनु पर्ने रुख विरुवा लगायत अन्य स्थायी संरचना हटाउने सुनिश्चितता, जग्गा प्राप्ति, प्रचलित कानुन अनुसार गर्नुपर्ने वातावरणीय अध्ययन प्रतिवेदनको स्वीकृतलगायत आयोजना पूर्वतयारीका काम पूरा गरेर मात्र खरिद प्रक्रिया सुरु गर्नुपर्ने मागदर्शनमा उल्लेख छ ।

निर्माण व्यवसायीमाथि पुरस्कार र दण्डको नीति

मार्गदर्शन अनुसार बजेट कार्यान्वयन गर्ने निकायले निर्माण व्यवसायीमाथि पुरस्कार र दण्डको नीति लिनु पर्ने भएको छ ।

तोकिएको परिमाण, लागत, गुणस्तर र समयसीमा भित्र निर्माणको काम सम्पन्न गर्ने व्यवसायीलाई वित्तीय तथा गैरवित्तीय प्रोत्साहन दिनु पर्नेछ । काम नगर्ने कर्मचारीमाथि कानून अनुसार कारबाहीको प्रक्रिया अगाडि बढाएर सम्झौता रद्द गर्नुपर्ने भएको छ ।

आयोजना प्रमुखसहित अन्य कर्मचारीको समेत स्पष्ट कार्य विवरण, कार्यसम्पादन सूचक, अधिकार र उत्तरदायित्वसहित आयोजनामा खटाउनु पर्ने भएको छ । कर्मचारी खटाउँदा कर्मचारीको योग्यता, क्षमता, अनुभव, इमानदारिता र आयोजना कार्यान्वयनमा विगतमा हासिल गरेको उपलब्धिको अभिलेखलाई आधार मान्नु पर्ने समेत मार्गदर्शनमा उल्लेख छ ।

बजेटरी सहायताको पहिलो त्रैमासिक बजेट फुकुवा

यसै मार्गदर्शनमार्फत अर्थ मन्त्रालयले वैदेशिक सहायतातर्फ बजेटरी सहायताको पहिलो त्रैमासिक बजेट फुकुवा गरेको छ ।

कार्यक्रम/आयोजना विशेषका लागि सम्झौता भई सोधभर्ना प्राप्त हुने सुनिश्चित भएको आयोजना र आईडीए/डीपीसी, आईएमएफ/ईसीएफ, एडीबीएल/पीबीएल, युरोपियन युनियनलगायत बजेटरी सहायतातर्फको पहिलो त्रैमासिक बजेट फुकुवा गरिएको सचिव अधिकारीले जनाएका छन् ।

आयोजनाको मर्मत ५ वर्षसम्म निर्माण कम्पनीबाटै

बहुवर्षीय ठेक्कामा गएका कार्यक्रम/आयोजना विनियोजित बजेटबाटै कार्यान्वयन गराउनु पर्ने भएको छ । सडक, पुल, बाँध, सिंञ्चाइ नहरजस्ता लामो समयसम्म सञ्चालनमा रहने ५ करोड भन्दा माथिका पूर्वाधार आयोजनाको मर्मत ५ वर्षसम्म निर्माण कम्पनीबाटै हुनुपर्ने व्यवस्था मिलाउन समेत अर्थले मागदर्शन गरेको छ ।

सार्वजनिक निकायमा स्वदेशी वस्तुको उपयोग गर्ने निर्देशिका २०७१ अनुसार मालसामान तथा वस्तु खरीद गर्ने व्यवस्था मिलाउन समेत भनिएको छ ।

सडक निर्माणको ठेक्का आह्वान गर्दा खानेपानी तथा ढल, बिजुलीको पोल/तार व्यवस्थापन वा भूमिगत गर्ने समेतको काम एकै प्याकेजमा समावेश गरी बोलपत्र आह्वान गरी कार्यान्वयन गराउनु पर्ने छ । आयोजना कार्यान्वयन शीघ्र बनाउन निमाृण व्यवसायीले काम दुई सिफ्टमा गर्नुपर्ने व्यवस्था मिलाउनु पर्छ ।

दोस्रो त्रैमासिकसम्म थप निकासा नदिने

अर्थ मन्त्रालयले दोस्रो चौमासिकसम्म थप निकासा नदिने भएको छ । तर, विपद, मन्त्रिपरिषद्को निर्णय र विशेष अवस्थामा भने थप निकासा रोकिने छैन । राष्ट्रिय गौरवको आयोजना, रुपान्तरणकारी आयोजना र बहुवर्षीय ठेक्काका लागि स्रोत व्यवस्थापन गरिएका आयोजनाका लागि विनियोजन भएको रकमबाट अन्यन्त्र रकमान्तर गर्न पाइँदैन ।

अर्थ मन्त्रालयको सहमतिविना अनिवार्य दायित्व (तलब, पारिश्रमिक, भत्ता, स्थानीय भत्ता, पोशाक, पानी तथा बिजुली, सञ्चार महसुल, खाद्यान्न, घरभाडालगायत) बाट खर्च शीर्षकमा अन्यत्र रकमान्तर गर्न नपाइने समेत अर्थले स्पष्ट पारेको छ ।

अनिवार्य दायित्व वापत बाँडफाँट कम गरेका कारण सिर्जित दायित्वका लागि रकमान्तर र थप निकासा समेत नहुने अर्थको भनाइ छ । पूँजीगत र वित्तीय वयवस्थातर्फको विनियोजित रकम चालु खर्चमा रकमान्तर गर्न पाइदैन ।

गाडी नकिन्ने

मार्गदर्शन अनुसार सरकारी कार्यालयले यस आवमा चार पांग्रे सवारी साधन खरिद गर्ने छैनन् । मर्मत सुधार गर्दा समेत सञ्चालनमा नआउने सवारी साधन अनिवार्य रुपमा लिलामी गर्ने व्यवस्था मिलाउनु पर्ने भएको छ ।

सरकारी कार्यालयले कार्यालय प्रयोजनका लागि खाली भएको भवनलाई प्राथमिकता दिनु पर्ने र भाडामा लिँदा न्यूनतम आवश्यकता र सुविधा भएको घर भाडामा लिनु पर्ने समेत मार्गदर्शनमा उल्लेख छ ।

परामर्शदाता नियुक्त गरी कार्य सम्पादन गराउनुको साटो आफ्नै जनशक्तिको उपयोगमा जोड दिन समेत अर्थले भनेको छ । वैदेशिक भ्रमणमा अर्थको सहमति अनिवार्य गरिएको छ ।

Comments

Popular posts from this blog

नयाँ बर्ष २०७६ को शुभकामना

नयां बर्ष २०७६ को सुखद उपलक्ष्यमा हाम्रा समस्त सुभेच्छुक मित्रहरु, सहकर्मी मित्रहरु, देश विदेशबाट हामीलाई माया गरी सद्भाव प्रकट गर्नुहुने सबै आदरणीय दाजुभाई दिदी बहिनीहरुमा सुख, शान्ति तथा समृद्धिको हार्दिक मंगलमय शुभ कामना प्रकट गर्दछौं।                                                                                                                                              -प्रबिण रिजाल 

सरकारले मंसिर ४ गते एकै चरणमा प्रतिनिधि सभा र प्रदेश सभाको चुनाव गर्ने

  सरकारले मंसिर ४ गते एकै चरणमा प्रतिनिधि सभा र प्रदेश सभाको चुनाव गर्ने निर्णय गरेको छ। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको एक मन्त्रीले जानकारी दिए।  बुधबार बसेको सत्ता गठबन्धनका शीर्ष नेताहरूको बैठकले आज चुनावको मिति घोषणा गर्न सरकारलाई सुझाव दिएको थियो। निर्वाचन आयोगले पनि यसअघि मंसिर पहिलो साता चुनाव गर्न सकिने सुझाव दिएको थियो। यसअघि २०७४ सालमा संघीय र प्रदेश सभाको चुनाव दुई चरणमा भएको थियो। यसपालि भने स्थानीय चुनाव वैशाख ३० गते एकै चरणमा भएको थियो। २०७४ को स्थानीय चुनाव भने तीन चरणमा भएको थियो।  प्रतिनिधि सभाका लागि १६५ निर्वाचन क्षेत्र र  सात प्रदेशका ३३० प्रदेश सभा निर्वाचन क्षेत्रमा प्रत्यक्ष चुनाव हुनेछ। 

इन्टरनेटको विकासको संक्षिप्त जानकारी

                                                                         लोेकप्रसाद भुसाल ,   हाल बुटवल        इन्टरनेट आजको समयमा हाम्रो जीवनको अभिन्न अंग बनेको छ ।सारा विश्व इन्टरनेटको माध्यमबाट एकआपसमा जोडिएको छ । इन्टरनेट प्रयोग नहुने कुनै क्षेत्र नै छैन ।  इन्टरनेटले आज कामहरुलाई स्मार्ट र द्रुत गतिमा सम्पन्न हुने खालको बनाएको छ । सूचनाहरुलाई द्रुत गतिमा केन्द्रिकरण तथा विकेन्द्रिकरण गर्न सक्ने यसको प्रमुख विशेषता हो । ठुलठूला व्यापार तथा कार्य सञ्चालन इन्टरनेट अवरोध  internet Outage  भएको बेला ठप्प भइदिन्छन । मानिसको प्रत्यक्ष जीवनमा समेत यसको ठूलो प्रभाव छ । आज हामी जता हेर्छौं उतै इन्टरनेटको प्रयोग भइरहेको देख्न सक्छौं । इन्टरनेट यस्तो चीज भइसक्यो कि जसको अभावमा छटपटी हुन्छ । हाम्रो देशमा यसको प्रयोग व्यापारिक भन्दा पन...

ईन्टर्नेट जडान

नमस्ते म प्रबिन रिजाल तपाई हरु को सेवामा धादिङ र नुवाकोट का बिभिन्न स्थान मा ईन्टर्नेट जडान मा सहजिकारण गर्दै छु एहा हरु को स्थान मा आबस्यक परेमा सम्पार्क गर्नुहोला ९८६१७७७३७७

एकछिन हासौ

 

ट्रकको ठक्करपछि मोटरसाइकलमा आगलागी हुँदा चालकको मृत्यु

  १६ साउन,। पोखरा           हेमजा सडकखण्डमा आइतबार राति ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ ।      पोखराबाट हेमजातर्फ जाँदै गरेको ग१७ प १९७० नम्बरको मोटरसाइकललाई ग१क ५१५२ नम्बरको ट्रकले ठक्कर दिएको थियो । ठक्कर दिनेबित्तिकै मोटरसाइकलमा आगलागी भएको प्रहरीले जनाएको छ ।      ट्रकले ठक्कर दिने बित्तिकै मोटरसाइकलमा आगलागी भएको र प्रहरी टोली खटिएर उपचारका लागि मणिपाल शिक्षण अस्प्ताल पुर्‍याइएको थियो तर डाक्टरले मृत घोषणा गरिदिए,’ कास्की प्रहरी निमित्त प्रमुख सुन्दर तिवारीले भने । मृत्यु हुने मोटरसाइकल चालक माछापुच्छ्रे  गाउँपालिका लाहाचोकका २७ वर्षीय नवराज नेपाली हुन् । ठक्करबाट भन्दा पनि ठक्करपछि मोटरसाइकलमा भएको आगलागीका कारण उनको मृत्यु भएको अस्पतालले जनाएको उनले बताए ।      ट्रक चालकलाई प्रहरी नियन्त्रणमा लिएको छ।  

संसद्को कार्यकाल कति ? के भन्छ- निर्वाचन आयोग

  काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेशसभाका सदस्यहरूको कार्यकाल आगामी मंसिर २१ गतेसम्म कायम रहने जनाएको छ । निर्वाचन आयोगले बुधबार पत्रकार सम्मेलन गर्दै संसदको कार्यकाल मंसिर २१ गतेसम्म रहने जनाएको हो । आयोगका प्रमुख आयुक्त दिनेश थपलियाले यस विषयमा सरकारलाई सिफारिस गरिसकेको बताएका छन् । थपलियाले सरकारलाई आयोगले दिएको ५ पृष्ठको सिफारिसमा पदावधिको विषयमा स्पष्ट रुपमा उल्लेख गरेको बताए । ‘संविधान र कानुनअनुसार निर्वाचित मितिबाट पदावधि प्रारम्भ हुने व्यवस्थालाई टेकेर २१ गते पदावधि समाप्त हुने भनि लिखित रुपमा हामीले गरेको सिफारिसलाई सरकारले स्वीकार गरेको ठानेका छौं,’ उनले भने । प्रमुख आयुक्त थपलियाले उम्मेदवारी दिएपछि प्रतिनिधिसभा र प्रदेशसभा सदस्यहरुको पद स्वतः सकिनेसमेत बताएका छन् ।

भेटियो मेटिएको सीसीटिभी फुटेज, फरेन्सिक टिमसँग परामर्श गर्दै संसदको विशेष समिति

  मंगलबार, श्रावण १०, २०७९                काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय प्रहरी विधि विज्ञान प्रयोगशालाले अर्थ मन्त्रालयको जेठ १४ गतेको डिलिट भएका सीसीटिभी फुटेजहरू रिकभर गरी संसदीय विशेष समितिलाई बुझाएको छ । प्रहरीले रिकभर भएका फुटेज सोमबार नै समितिलाई बुझाएको समितिका सचिव सुरेन्द्र अर्यालले जानकारी दिए । प्राप्त फुटेजका केही क्लिपहरू समितिले मंगलबार अध्ययन गरेको उनले बताए । यद्यपि फुटेजसम्बन्धी थप विवरण चाहिने भएकाले समितिले प्रयोगशालाका विज्ञलाई समितिमा बोलाएको उनले जनाए । ‘फुटेज सम्बन्धी थप छलफल गर्नुपर्ने भएकाले हामीले फरेन्सिक ल्याबकै विज्ञलाई बोलाएका छौं,’ उनले भने, ‘आज (मंगलबार) ४ बजे विज्ञहरूसँग छलफल गर्छाैं । यसपछि सीसीटिभी फुटेजसम्बन्धी थप अध्ययन अघि बढ्नेछ । जेठ १५ गते बजेट भाषण हुनुअगाडि अनाधिकृत व्यक्तिहरू मन्त्रालयमा आएर करकाे दायरा हेरफेर गर्न लगाएको आरोप लागेपछि संसदले जेठ १४ र १५ गतेको सीसीटिभी फुटेज हेर्न खोज्दा अर्थ मन्त्रालयले फुटेज डिलिट भएको जानकारी दिएको थियो । यसलगत्तै सरकारले संसदीय समितिलाई थप छानबिन गर्न ...

एन्ड्रोइडमा मिल्ने, तर आईफोनमा नमिल्ने यी ७ कुरा

काठमाडौं । एन्ड्रोइड र आईओएसबीच कुन अपरेटिङ सिस्टम उत्कृष्ट भन्ने विवाद कहिल्यै सकिँदैन । वर्षौँदेखि दुवै अपरेटिङ सिस्टममा थुप्रै अपग्रेड र युजर इन्टरफेस (यूआई) परिवर्तन हुँदै आइरहेका छन् । त्यस्तै दुवै अपरेटिङ सिस्टममा कतिपय समान किसिमका फिचरहरू पनि रहेका छन् । यस्ता आकर्षक अपडेट र यूआईमा परिवर्तन भइरहे पनि एन्ड्रोइडमा केही त्यस्ता कुरा छन्, जसको अभाव आईफोनमा सधैँ भइरहेको छ । आज हामी एन्ड्रोइडमा भएका, तर आईफोनमा नभएका आकर्षक फिचरका बारेमा चर्चा गर्दैछौं । मल्टिपल युजर र गेस्ट अकाउन्ट मल्टिपल युजर र गेस्ट मोड स्मार्टफोन परिवार तथा साथीभाइसँग हुनेहरूका लागि वरदान नै हो । एन्ड्रोइडले भर्जन ५.० पछिका फोनमा यो फिचर ल्याउन थालेको छ भने आईफोनले यो फिचर वर्षौँदेखि अस्वीकार गर्दै आएको छ । यदि आफ्ना कोही साथी वा बालबालिकाले तपाईंको फोन प्रयोग गर्छन् भने यो मोड प्रयोग गरी आफ्नो गोपनीयता सुरक्षित राख्न सक्नुहुन्छ । अर्को व्यक्तिलाई फोन दिँदा गेस्ट मोड अन गरेर दिन सक्नुहुन्छ । गेस्ट मोडका लागि हरेक प्रयोगकर्ताको छुट्टै पासवर्ड, डेटा र एप हुने गर्दछ । यूएसबी प्रयोग गर्दा इन्टर्लन स्टोरेजमा एक्सेस य...

जापानी भाषा र सीप परीक्षा उत्तीर्णलाई जापान पठाइने

  काठमाडौं । जापानी भाषा र सीप परीक्षा उत्तीर्ण गरी जापान जाने तयारी अवस्थामा रहेका नेपालीलाई यथाशक्य छिटो पठाउने विषयमा सहजीकरण गर्ने निर्णय गर्दै नेपाल–जापान संयुक्त कार्यसमितिको बैठक सम्पन्न भएको छ । काठमाडौंमा आज सम्पन्न बैठकमा जापानको स्पेसिफाइड स्किल वर्कर्स (एसएसडब्लु) प्रणाली कार्यान्वयन गरी नेपाली नागरिकलाई जापानमा पठाउन नेपाल सरकारले निर्माण गर्नुपर्ने कार्यविधि बनाउने विषयमा छलफल भएको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ । जापान सरकारले त्यहाँको औपचारिक माध्यमबाट एसएसडब्लु प्रणालीअन्तर्गत नेपालबाट कामदार उपलब्ध हुने विषयको जानकारी रोजगारदातालाई गराउने तथा नेपाल–जापान श्रम समझदारीपत्रमा नेपाल तथा जापानको समसामयिक कानूनी व्यवस्था समेटेर परिमार्जन गर्नुपर्ने भएमा सोको तयारी गर्ने विषयमा छलफल भएको थियो । संयुक्त कार्यसमितिको तेस्रो बैठक जापानमा आयोजना गरिने दुवै पक्षबीच सहमति भएको छ । संयुक्त कार्यसमितिको पहिलो बैठक सन् २०२० को नोभेम्बरमा भर्चुअल माध्यमबाट बसेको थियो । पहिलो बैठकको सहमतिअनुसार जापानमा केयरगिभर, कृषि, निर्माण क्षेत्र र रेष्टुरेन्टमा करिब ८५० ...