Skip to main content

एउटै नम्बरमा फरक कम्पनीको सेवा लिन सकिने, क्लियरिङका लागि कार्यविधि बनाउँदै प्राधिकरण

  काठमाडौं । 

नेपाल दूरसञ्चार प्राधिकरणले सेवाग्राहीको सहजताका लागि सेवा प्रदायक कम्पनी परिवर्तन गर्दा पनि साविककै नम्बर राख्न सकिने ‘मोबाइल नम्बर पोर्टेबिलिटी’ का लागि आवश्यक एजेन्ट कम्पनीको कार्यविधिको बनाउने प्रक्रिया अघि बढाएको छ ।




यसअघि प्राधिकरणले ‘मोबाइल नम्बर पोर्टेबिलिटी (एमएनपी) सम्बन्धी नियमावली, २०७८’ तयार पारेको थियो । उक्त नियमावलीको मस्यौदाअनुसार एमएनपीको बोलकबोलबाट नम्बर पोर्टेबिलिटी क्लियरिङ (एनपीसी) सेवा प्रदायक र ग्राहकबीच सहजकर्ताको भूमिका निर्वाह गर्ने एजेन्ट कम्पनीका लागि अनुमति प्रदान गर्ने व्यवस्था गरेको छ ।


उक्त कम्पनीले एमएनपीका लागि आवश्यक पूर्वाधार स्थापना, सञ्चालन, व्यवस्थापन, समन्वय र मर्मतको सम्पूर्ण काम गर्नेछ । नियमावलीको सोही व्यवस्थाअनुसार एनपीसीका लागि आवश्यक कार्यविधि तयार पार्ने प्रक्रिया अघि बढेको प्राधिकरणका निर्देशक अम्बर स्थापितले जानकारी दिए ।

उनले प्राधिकरण बोर्डको निर्देशनअनुसार यो प्रक्रिया अघि बढाइएको समेत बताएका छन् ।

यसअघि प्राधिकरणले तयार पारेका एमएनपीसम्बन्धी नियमावलीको मस्यौदा प्राधिकरण बोर्डमा पेस भएको थियो । त्यसबेला प्राधिकरण बोर्डले यो विषय संवेदनशील भएको भन्दै सार्वजनिक परामर्शका लागि एक महिना उपलब्ध गराउने निर्णय गरेको थियो ।


सोही निर्णयका आधारमा एक महिना सार्वजनिक परामर्शका लागि राखिएको नियमावलीमा आएको प्रतिक्रियालाई समेटेर पुनः बोर्डमा पेस भएको थियो ।

बोर्डले नियमावलीमा भएको व्यवस्थाअनुसार यसको कार्यन्वयनका लागि आवश्यक कार्यविधि सहित नियमावली र कार्यविधि एकै पटक पुनः बोर्डमा पेस गर्न भनेसँगै यतिबेला क्लियरिङ कम्पनीको कार्यविधि तयार भइरहेको निर्देशक स्थापितले बताएका छन् ।

स्थापितका अनुसार अब नियमावलीलाई कार्यान्वयनमा ल्याउन आवश्यक पर्ने सम्पूर्ण कार्यविधिसहित बोर्डमा पेस हुनेछ । कार्यविधिसहित बोर्डमा पेस भएपश्चात् त्यसमा आवश्यक छलफल गरी यो विषय टुङ्गो लाग्नेछ । तर, त्यसका लागि केही समय भने लाग्ने अनुमान गर्न सकिन्छ ।

बोर्डले नियमावली र कार्यविधि पास भएसँगै एनपीसीका लागि अनुमति प्रदानको प्रक्रियासमेत अघि बढ्नेछ । यो प्रक्रिया बोलकबोलबाट हुने व्यवस्था नियमावलीले गरेको छ । त्यसरी बोलकबोलबाट अनुमति प्राप्त गरेको कम्पनीले एमएनपीका लागि आवश्यक पूर्वाधार स्थापना, सञ्चालन, व्यवस्थापन, समन्वय र मर्मतको सम्पूर्ण काम गर्नेछ ।

त्योसँगै अहिले नेपाल टेलिकम, एनसेल वा स्मार्टको सिमकार्ड प्रयोग गरिरहेका ग्राहकले आफूले प्रयोग गरिरहेकै नम्बरमा कम्पनी परिवर्तन गरी सेवा लिन सक्नेछन् ।

नियमावलीका अनुसार नम्बर पोर्टेबिलिटीका लागि सबै प्रयोगकर्ता योग्य हुनेछन् । तर, आफ्नो नम्बर अर्को सेवामा परिवर्तन गर्न चाहनुहुन्छ भने पुरानो सेवा प्रदायकको नेटवर्कमा ९० दिनभन्दा धेरै उक्त मोबाइल नम्बर सक्रिय भएको हुनुपर्नेछ ।

त्यस्तै, नेटवर्क परिवर्तन गर्दा उपलब्ध गराउने व्यक्तिगत जानकारी र पुरानो जानकारी पूर्णरुपमा मिल्नुपर्ने छ ।

साथै आफूले प्रयोग भइरहेको सेवा प्रदायकसँग कुनै पनि दायित्व रहेको हुन नहुने जनाइएको छ । त्यतिमात्रै नभएर एउटा सेवा प्रदायकले उक्त नम्बर ब्लक गरेको वा कुनै सेवा रोक लगाएको अवस्थामा पनि नेटवर्क परिवर्तन सम्भव हुनेछैन ।

साथै अदालतबाट मोबाइल नम्बर पोर्टिङ गर्न रोक नलगाएको हुनुपर्ने व्यवस्था नियमावलीमा गरिएको छ ।

उल्लेखित शर्तहरू पूरा गरेको खण्डमा मात्रै प्रयोगकर्ताले एउटै नम्बरमा नेटवर्क परिवर्तन गर्नसक्ने जनाइएको छ । त्यसका लागि ग्राहकले नम्बर परिवर्तनको अनुरोध फारम भनेर नयाँ सेवा लिन चाहेको सेवा प्रदायकको कार्यालयमा बुझाउनुपर्ने जनाइएको छ ।

पोर्टिङ प्रक्रियाका लागि जुन सेवा प्रदायकको सेवा लिन चाहेको हो, सोही सेवा प्रदायकको कार्यालयमा गएर निवेदन दिनुपर्ने व्यवस्था गरिएको छ । प्रापक सेवा प्रदायकले योग्य उपभोक्ताको पोर्टिङको निवेदनलाई मात्र पोर्टिङको प्रक्रियामा लैजाने जनाइएको छ ।

पोर्टिङ प्रक्रियामा गएको जानकारी दिनका लागि नेपाल क्लियरिङ हाउसले प्रयोगकर्तालाई एसएमएसमार्फत जानकारी गराउनुपर्नेछ । यस्तो एसएमएस सेवा प्रदायकले निःशुल्क रुपमा उपलब्ध गराउनुपर्ने छ ।

यसरी पोर्टिङ प्रक्रिया चलिरहँदासम्म पुरानो कम्पनीले सेवा प्रदायकको सेवा अवरुद्ध गर्न नपाउने मस्यौदामा उल्लेख छ । भने, पोर्टिङ प्रक्रिया सफल भएसँगै प्रापक सेवा प्रदायकले उपभोक्ताका लागि नयाँ सिमकार्ड व्यवस्था गर्नुपर्ने छ ।


Comments

Popular posts from this blog

नयाँ बर्ष २०७६ को शुभकामना

नयां बर्ष २०७६ को सुखद उपलक्ष्यमा हाम्रा समस्त सुभेच्छुक मित्रहरु, सहकर्मी मित्रहरु, देश विदेशबाट हामीलाई माया गरी सद्भाव प्रकट गर्नुहुने सबै आदरणीय दाजुभाई दिदी बहिनीहरुमा सुख, शान्ति तथा समृद्धिको हार्दिक मंगलमय शुभ कामना प्रकट गर्दछौं।                                                                                                                                              -प्रबिण रिजाल 

सरकारले मंसिर ४ गते एकै चरणमा प्रतिनिधि सभा र प्रदेश सभाको चुनाव गर्ने

  सरकारले मंसिर ४ गते एकै चरणमा प्रतिनिधि सभा र प्रदेश सभाको चुनाव गर्ने निर्णय गरेको छ। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको एक मन्त्रीले जानकारी दिए।  बुधबार बसेको सत्ता गठबन्धनका शीर्ष नेताहरूको बैठकले आज चुनावको मिति घोषणा गर्न सरकारलाई सुझाव दिएको थियो। निर्वाचन आयोगले पनि यसअघि मंसिर पहिलो साता चुनाव गर्न सकिने सुझाव दिएको थियो। यसअघि २०७४ सालमा संघीय र प्रदेश सभाको चुनाव दुई चरणमा भएको थियो। यसपालि भने स्थानीय चुनाव वैशाख ३० गते एकै चरणमा भएको थियो। २०७४ को स्थानीय चुनाव भने तीन चरणमा भएको थियो।  प्रतिनिधि सभाका लागि १६५ निर्वाचन क्षेत्र र  सात प्रदेशका ३३० प्रदेश सभा निर्वाचन क्षेत्रमा प्रत्यक्ष चुनाव हुनेछ। 

इन्टरनेटको विकासको संक्षिप्त जानकारी

                                                                         लोेकप्रसाद भुसाल ,   हाल बुटवल        इन्टरनेट आजको समयमा हाम्रो जीवनको अभिन्न अंग बनेको छ ।सारा विश्व इन्टरनेटको माध्यमबाट एकआपसमा जोडिएको छ । इन्टरनेट प्रयोग नहुने कुनै क्षेत्र नै छैन ।  इन्टरनेटले आज कामहरुलाई स्मार्ट र द्रुत गतिमा सम्पन्न हुने खालको बनाएको छ । सूचनाहरुलाई द्रुत गतिमा केन्द्रिकरण तथा विकेन्द्रिकरण गर्न सक्ने यसको प्रमुख विशेषता हो । ठुलठूला व्यापार तथा कार्य सञ्चालन इन्टरनेट अवरोध  internet Outage  भएको बेला ठप्प भइदिन्छन । मानिसको प्रत्यक्ष जीवनमा समेत यसको ठूलो प्रभाव छ । आज हामी जता हेर्छौं उतै इन्टरनेटको प्रयोग भइरहेको देख्न सक्छौं । इन्टरनेट यस्तो चीज भइसक्यो कि जसको अभावमा छटपटी हुन्छ । हाम्रो देशमा यसको प्रयोग व्यापारिक भन्दा पन...

ईन्टर्नेट जडान

नमस्ते म प्रबिन रिजाल तपाई हरु को सेवामा धादिङ र नुवाकोट का बिभिन्न स्थान मा ईन्टर्नेट जडान मा सहजिकारण गर्दै छु एहा हरु को स्थान मा आबस्यक परेमा सम्पार्क गर्नुहोला ९८६१७७७३७७

एकछिन हासौ

 

आज पनि केही ठाउँमा भारी वर्षा हुने, बाढीपहिरोको जोखिम बढ्यो

  ५ साउन, काठमाडौं । आज पनि देशभर पानी पर्ने सम्भावना रहेको छ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशका धेरै ठाउँमा सामान्य र केही ठाउँमा मध्यम वर्षाको सम्भावना रहेको छ । अहिले पनि धेरै ठाउँमा सामान्य वर्षा भइरहेको छ । अन्य स्थानमा सामान्यदेखि मध्यम वर्षा हुने भए पनि सुदूरपश्चिम र प्रदेश १ का केही स्थानमा भने भारी वर्षा हुने पूर्वानुमान महाशाखाले जनाएको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदरको स्थानभन्दा केही उत्तरतिर अवस्थितर रहेकोले पहाडी भूभागका धेरै ठाउँमा पानी परिररहेको छ । पश्चिम नेपाल र देशका विभिन्न स्थानमा भने बुधबारदेखि नै भारी वर्षा भइरहेको छ । पछिल्लो २४ घण्टामा बाँकेको नेपालगञ्जमा सबैभन्दा धेरै पानी परेको मापन भएको छ । बाँकेकमा ९१ मिलिमिटर पानी परेको छ ।केही ठाउँमा चट्याङसहित वर्षा हुने र केही ठाउँमा भारी वर्षाका कारण खहरेहरू बढेर बाढी आउने भएकोले सतर्क रहन सरोकारवाला निकायले सचेतसमेत गराएका छन् ।

ट्रकको ठक्करपछि मोटरसाइकलमा आगलागी हुँदा चालकको मृत्यु

  १६ साउन,। पोखरा           हेमजा सडकखण्डमा आइतबार राति ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ ।      पोखराबाट हेमजातर्फ जाँदै गरेको ग१७ प १९७० नम्बरको मोटरसाइकललाई ग१क ५१५२ नम्बरको ट्रकले ठक्कर दिएको थियो । ठक्कर दिनेबित्तिकै मोटरसाइकलमा आगलागी भएको प्रहरीले जनाएको छ ।      ट्रकले ठक्कर दिने बित्तिकै मोटरसाइकलमा आगलागी भएको र प्रहरी टोली खटिएर उपचारका लागि मणिपाल शिक्षण अस्प्ताल पुर्‍याइएको थियो तर डाक्टरले मृत घोषणा गरिदिए,’ कास्की प्रहरी निमित्त प्रमुख सुन्दर तिवारीले भने । मृत्यु हुने मोटरसाइकल चालक माछापुच्छ्रे  गाउँपालिका लाहाचोकका २७ वर्षीय नवराज नेपाली हुन् । ठक्करबाट भन्दा पनि ठक्करपछि मोटरसाइकलमा भएको आगलागीका कारण उनको मृत्यु भएको अस्पतालले जनाएको उनले बताए ।      ट्रक चालकलाई प्रहरी नियन्त्रणमा लिएको छ।  

संसद्को कार्यकाल कति ? के भन्छ- निर्वाचन आयोग

  काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेशसभाका सदस्यहरूको कार्यकाल आगामी मंसिर २१ गतेसम्म कायम रहने जनाएको छ । निर्वाचन आयोगले बुधबार पत्रकार सम्मेलन गर्दै संसदको कार्यकाल मंसिर २१ गतेसम्म रहने जनाएको हो । आयोगका प्रमुख आयुक्त दिनेश थपलियाले यस विषयमा सरकारलाई सिफारिस गरिसकेको बताएका छन् । थपलियाले सरकारलाई आयोगले दिएको ५ पृष्ठको सिफारिसमा पदावधिको विषयमा स्पष्ट रुपमा उल्लेख गरेको बताए । ‘संविधान र कानुनअनुसार निर्वाचित मितिबाट पदावधि प्रारम्भ हुने व्यवस्थालाई टेकेर २१ गते पदावधि समाप्त हुने भनि लिखित रुपमा हामीले गरेको सिफारिसलाई सरकारले स्वीकार गरेको ठानेका छौं,’ उनले भने । प्रमुख आयुक्त थपलियाले उम्मेदवारी दिएपछि प्रतिनिधिसभा र प्रदेशसभा सदस्यहरुको पद स्वतः सकिनेसमेत बताएका छन् ।

भेटियो मेटिएको सीसीटिभी फुटेज, फरेन्सिक टिमसँग परामर्श गर्दै संसदको विशेष समिति

  मंगलबार, श्रावण १०, २०७९                काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय प्रहरी विधि विज्ञान प्रयोगशालाले अर्थ मन्त्रालयको जेठ १४ गतेको डिलिट भएका सीसीटिभी फुटेजहरू रिकभर गरी संसदीय विशेष समितिलाई बुझाएको छ । प्रहरीले रिकभर भएका फुटेज सोमबार नै समितिलाई बुझाएको समितिका सचिव सुरेन्द्र अर्यालले जानकारी दिए । प्राप्त फुटेजका केही क्लिपहरू समितिले मंगलबार अध्ययन गरेको उनले बताए । यद्यपि फुटेजसम्बन्धी थप विवरण चाहिने भएकाले समितिले प्रयोगशालाका विज्ञलाई समितिमा बोलाएको उनले जनाए । ‘फुटेज सम्बन्धी थप छलफल गर्नुपर्ने भएकाले हामीले फरेन्सिक ल्याबकै विज्ञलाई बोलाएका छौं,’ उनले भने, ‘आज (मंगलबार) ४ बजे विज्ञहरूसँग छलफल गर्छाैं । यसपछि सीसीटिभी फुटेजसम्बन्धी थप अध्ययन अघि बढ्नेछ । जेठ १५ गते बजेट भाषण हुनुअगाडि अनाधिकृत व्यक्तिहरू मन्त्रालयमा आएर करकाे दायरा हेरफेर गर्न लगाएको आरोप लागेपछि संसदले जेठ १४ र १५ गतेको सीसीटिभी फुटेज हेर्न खोज्दा अर्थ मन्त्रालयले फुटेज डिलिट भएको जानकारी दिएको थियो । यसलगत्तै सरकारले संसदीय समितिलाई थप छानबिन गर्न ...

एन्ड्रोइडमा मिल्ने, तर आईफोनमा नमिल्ने यी ७ कुरा

काठमाडौं । एन्ड्रोइड र आईओएसबीच कुन अपरेटिङ सिस्टम उत्कृष्ट भन्ने विवाद कहिल्यै सकिँदैन । वर्षौँदेखि दुवै अपरेटिङ सिस्टममा थुप्रै अपग्रेड र युजर इन्टरफेस (यूआई) परिवर्तन हुँदै आइरहेका छन् । त्यस्तै दुवै अपरेटिङ सिस्टममा कतिपय समान किसिमका फिचरहरू पनि रहेका छन् । यस्ता आकर्षक अपडेट र यूआईमा परिवर्तन भइरहे पनि एन्ड्रोइडमा केही त्यस्ता कुरा छन्, जसको अभाव आईफोनमा सधैँ भइरहेको छ । आज हामी एन्ड्रोइडमा भएका, तर आईफोनमा नभएका आकर्षक फिचरका बारेमा चर्चा गर्दैछौं । मल्टिपल युजर र गेस्ट अकाउन्ट मल्टिपल युजर र गेस्ट मोड स्मार्टफोन परिवार तथा साथीभाइसँग हुनेहरूका लागि वरदान नै हो । एन्ड्रोइडले भर्जन ५.० पछिका फोनमा यो फिचर ल्याउन थालेको छ भने आईफोनले यो फिचर वर्षौँदेखि अस्वीकार गर्दै आएको छ । यदि आफ्ना कोही साथी वा बालबालिकाले तपाईंको फोन प्रयोग गर्छन् भने यो मोड प्रयोग गरी आफ्नो गोपनीयता सुरक्षित राख्न सक्नुहुन्छ । अर्को व्यक्तिलाई फोन दिँदा गेस्ट मोड अन गरेर दिन सक्नुहुन्छ । गेस्ट मोडका लागि हरेक प्रयोगकर्ताको छुट्टै पासवर्ड, डेटा र एप हुने गर्दछ । यूएसबी प्रयोग गर्दा इन्टर्लन स्टोरेजमा एक्सेस य...